सिर्जनशील, सक्षम र नेतृत्वदायी विद्यार्थी निर्माणमा सहपाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै रिलायन्स
Advertisement 1

काठमाडौं, श्रावण ११, २०८३। रिलायन्स एजुकेसन नेटवर्क (REN) अन्तर्गतका विद्यालयहरूमा सञ्चालन हुने सहपाठ्य (CCA) तथा अतिरिक्त क्रियाकलाप (ECA) लाई समयानुकूल, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले “Paper Presentation & Workshop on ECA/CCA System” सम्पन्न भएको छ। कार्यक्रममा नेटवर्कअन्तर्गतका विद्यालयका प्रिन्सिपल, शैक्षिक नेतृत्वकर्ता तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
Advertisement 2

कार्यशालामा विभिन्न विद्यालयले आफ्ना उत्कृष्ट अभ्यास, नवप्रयोग, चुनौती तथा समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागीहरूबीच अनुभव आदान–प्रदान, अन्तरक्रिया र समूह छलफलमार्फत सम्पूर्ण नेटवर्कमा समान गुणस्तरको ईसीए/सीसीए प्रणाली विकास गर्ने विषयमा गहन मन्थन गरिएको थियो। कार्यक्रममा विद्यार्थीको नेतृत्व क्षमता, सिर्जनशीलता, सञ्चार कला, अनुशासन, सहकार्य, सामाजिक उत्तरदायित्व तथा जीवनोपयोगी सीप विकासमा ईसीए/सीसीएको भूमिकालाई विशेष रूपमा जोड दिइएको थियो।
Advertisement 3

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयको उत्कृष्टता केवल परीक्षाको नतिजाबाट मात्र मापन गर्न नसकिने उल्लेख गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि ईसीए र सीसीए अपरिहार्य रहेको बताए। उनले भने, “हामीले भविष्यका सक्षम, जिम्मेवार र विश्व प्रतिस्पर्धामा सफल नागरिक तयार पार्न कक्षाकोठाभन्दा बाहिरका सिकाइलाई अझ व्यवस्थित, अनुसन्धानमा आधारित र प्रभावकारी बनाउनुपर्छ। रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक उत्कृष्टतासँगै चरित्र निर्माण, नेतृत्व विकास र जीवनोपयोगी सीपलाई समान प्राथमिकतामा राख्दै अघि बढिरहेको छ।”

कार्यक्रममा “ECA/CCA System” विषयक कार्यपत्र रिलायन्स एजुकेसन नेटवर्कका ईसीए/सीसीए संयोजक गोविन्द ढकालले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि कार्यक्रमका सञ्चालक तथा सिनियर चार्टर्ड एकाउन्टेन्ट राजुकुमार सिवाकोटी र बीबी क्षेत्रीले टिप्पणी गर्दै ईसीए/सीसीए प्रणालीलाई अझ प्रभावकारी, व्यवस्थित तथा विद्यार्थीको समग्र विकाससँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले कार्यपत्रमा समेटिएका अवधारणा, व्यावहारिक पक्ष र सुधारका सम्भावनाबारे रचनात्मक सुझावसमेत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता व्यावसायिक विकासमूलक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यालयहरूबीच सहकार्यको संस्कृति विस्तार तथा विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर नवीन शैक्षिक अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रिलायन्स एजुकेसन नेटवर्कले आगामी दिनमा पनि अनुसन्धान, नवप्रयोग र सहकार्यमा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्