आधुनिक शिक्षामा ईसीए/सीसीएको प्रभावकारी भूमिका : रिलायन्सको नीति सार्वजनिक

Advertisement 1
काठमाडौं। नाइटिङ्गेल इन्टरनेसनल माध्यमिक विद्यालय तथा कलेजले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरूसँग महत्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न गर्दै विश्वस्तरीय शैक्षिक सहकार्य विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

Advertisement 2
कलेजमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय उच्च शिक्षाका अवसर, शैक्षिक सहकार्य, विद्यार्थी नेतृत्व तथा क्षमता विकास, अनुसन्धान, विद्यार्थी आदान–प्रदान र विश्व शिक्षा प्रणालीमा देखिएका नवीन अभ्यासबारे विस्तृत छलफल भएको थियो। सहभागी पक्षहरूले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, सक्षम र भविष्यका चुनौती सामना गर्न तयार बनाउने साझा लक्ष्यका साथ सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisement 3
कार्यक्रममा बोल्दै नाइटिङ्गेल इन्टरनेसनल माध्यमिक विद्यालय तथा कलेजकी प्रिन्सिपल रञ्जना प्रधानले गुणस्तरीय शिक्षा अब कक्षाकोठाभित्र मात्र सीमित नरहेको बताइन्। उनले भनिन्, “आजको शिक्षा विश्वसँग जोडिन सक्नुपर्छ। हाम्रा विद्यार्थीले अन्तर्राष्ट्रिय अवसर, विश्वस्तरीय सिकाइ र बहुसांस्कृतिक अनुभव प्राप्त गर्न सकून् भन्ने उद्देश्यले हामी निरन्तर अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तार गरिरहेका छौँ। स्थानीय प्रतिभालाई विश्वव्यापी अवसरसँग जोड्दै भविष्यका सक्षम र जिम्मेवार विश्व नागरिक तयार पार्नु नै नाइटिङ्गेलको मूल लक्ष्य हो।”

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि सञ्चालक तथा सिनियर चार्टर्ड एकाउन्टेन्ट राजुकुमार शिवाकोटी र बी.बी. क्षेत्रीले टिप्पणीकर्ताका रूपमा आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, गुणस्तरीय शैक्षिक व्यवस्थापन, विश्वव्यापी अवसरको उपयोग तथा विद्यार्थीलाई समयानुकूल सीप र नेतृत्व विकासतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले यस्ता साझेदारीले नेपाली विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने विश्वास व्यक्त गरे।

नाइटिङ्गेल इन्टरनेसनलले अन्तर्राष्ट्रिय साझेदारीमार्फत आफ्ना विद्यार्थीलाई विश्वस्तरीय अध्ययन, अनुसन्धान, करियर विकास तथा उच्च शिक्षाका अवसरसँग जोड्ने दीर्घकालीन योजना अघि बढाइरहेको जनाएको छ। आगामी दिनमा पनि विश्वका प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्दै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता कलेजले व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्