२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

चन्द्र सूर्य तेक्वान्दो डोजाङ उपविजेता, कोशिन र रेन्जीको स्वर्णसँगै उत्कृष्ट प्रदर्शन

४ हप्ता अगाडि

प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्र सूर्य डोजाङ उपविजेता, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

Advertisement 1


काठमाडौं, असार १४ — कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनोहरा तेक्वान्दो नगर समितिको सहआयोजनामा सम्पन्न प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ मा चन्द्र सूर्य तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता उपाधि जित्न सफल भएको छ।
प्रतियोगितामा डोजाङका खेलाडीहरूले विभिन्न विधामा प्रभावशाली प्रदर्शन गर्दै स्वर्ण, रजत र कांस्य पदक जितेका छन्। ४६ केजी तौल समूहको गेरोगी विधामा कोशिन चौलागाईंले स्वर्ण पदक जितिन् भने १४ वर्षमुनिको पूम्से विधामा रजत पदक आफ्नो नाममा पारिन्।


त्यसैगरी, रेन्जी चौलागाईंले पूम्सेतर्फ स्वर्ण पदक जित्दै प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले गेरोगी विधामा कांस्य पदक समेत जितेर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिन्।
खेलाडीहरूको सशक्त प्रदर्शनका आधारमा चन्द्र सूर्य तेक्वान्दो डोजाङले समग्र टोलीतर्फ उपविजेता उपाधि हात पार्न सफल भएको हो। प्रतियोगितामा सहभागी खेलाडीहरूको अनुशासन, मेहनत र उत्कृष्ट खेलकौशलले दर्शक तथा आयोजकको समेत प्रशंसा बटुलेको थियो।


उपविजेता बनेको अवसरमा डोजाङ परिवारले सबै पदक विजेता खेलाडी, प्रशिक्षक, अभिभावक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै खेलाडीहरूको आगामी यात्रा अझ सफल र गौरवपूर्ण बन्ने विश्वास व्यक्त गरेको छ। साथै सम्पूर्ण पदक विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल खेल भविष्यको शुभकामना दिइएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार