२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

३,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत श्री पब्लिक हाई स्कुलमा शिक्षा, प्रेरणा र संस्कारको दुईदिने महाअभियान सम्पन्न

४ हप्ता अगाडि

३,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत धरानको श्री पब्लिक हाई स्कुलमा दुईदिने प्रेरणादायी शैक्षिक अभियान सम्पन्न

Advertisement 1

धरान — देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक, ३,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत श्री पब्लिक हाई स्कुल, धरान मा विद्यार्थी, अभिभावक, शिक्षक तथा प्रधानाध्यापकहरूको सहभागितामा आयोजित दुईदिने विशेष शैक्षिक तथा प्रेरणामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शिक्षालाई विद्यालयको सीमाभित्र मात्र सीमित नराखी परिवार, विद्यालय र समाजबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सकारात्मक सोच, अनुशासित जीवनशैली, प्रभावकारी अभिभावकत्व, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा गुणस्तरीय शिक्षाका विविध पक्षमा अन्तरक्रियात्मक छलफल र प्रेरणादायी प्रशिक्षण सञ्चालन गरिएको थियो।

Advertisement 3

कार्यक्रममा बिशेष ब्याक्तित्वहरु आचार्यश्री महेन्द्र वशिष्ठ तथा आचार्य विवेक विनयी ले सहजीकरण गर्दै जीवनोपयोगी शिक्षा, नैतिक मूल्य, आत्मविश्वास, जिम्मेवारीबोध र सफल जीवन निर्माणका विविध आयाममा प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। उहाँहरूको प्रस्तुति सहभागीका लागि ज्ञान, प्रेरणा र ऊर्जाको स्रोत बनेको प्रतिक्रिया सहभागीहरूले दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउन विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झा, शिक्षकहरु मोहन श्रेष्ठ, किशोर चौधरी लगायत सम्पूर्ण विद्यालय परिवारको सक्रिय नेतृत्व, समन्वय र समर्पण उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको विश्वास, सहकार्य तथा जिम्मेवारीबोधलाई अझ बलियो बनाउँदै गुणस्तरीय शिक्षातर्फ सामूहिक प्रतिबद्धता थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको सफल आयोजनाका लागि सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार