विश्वस्तरीय शिक्षाको ढोका खोल्दै नाइटिङ्गेल : अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तारमा जोड

Advertisement 1
काठमाडौं। नाइटिङ्गेल इन्टरनेसनल माध्यमिक विद्यालय तथा कलेजले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल सम्पन्न गर्दै विश्वस्तरीय शैक्षिक सहकार्य विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कलेजमा आयोजित उक्त भेटवार्तामा अन्तर्राष्ट्रिय उच्च शिक्षाका अवसर, शैक्षिक सहकार्य, विद्यार्थी नेतृत्व तथा क्षमता विकास, अनुसन्धान, विद्यार्थी आदान–प्रदान र विश्व शिक्षा प्रणालीमा देखिएका नयाँ अभ्यासबारे विस्तृत छलफल भएको थियो। छलफलका क्रममा दुवै पक्षले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
Advertisement 2
कार्यक्रममा बोल्दै नाइटिङ्गेल इन्टरनेसनल माध्यमिक विद्यालय तथा कलेजकी प्रिन्सिपल रञ्जना प्रधानले गुणस्तरीय शिक्षा केवल कक्षाकोठामा सीमित नहुने बताइन्। उनले भनिन्, “आजको शिक्षा विश्वसँग जोडिन सक्नुपर्छ। हाम्रा विद्यार्थीले अन्तर्राष्ट्रिय अवसर, विश्वस्तरीय सिकाइ र बहुसांस्कृतिक अनुभव प्राप्त गर्न सकून् भन्ने उद्देश्यले हामी निरन्तर अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तार गरिरहेका छौँ। नाइटिङ्गेलले स्थानीय प्रतिभालाई विश्वव्यापी सम्भावनासँग जोड्ने सेतुका रूपमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै जानेछ।”
प्रधानले यस्ता सहकार्यले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच तथा विश्व नागरिकका रूपमा अघि बढ्ने आधार तयार गर्ने विश्वास व्यक्त गरिन्।
Advertisement 3
नाइटिङ्गेल इन्टरनेसनलले अन्तर्राष्ट्रिय साझेदारीमार्फत आफ्ना विद्यार्थीलाई विश्वस्तरीय अध्ययन, अनुसन्धान, करियर विकास तथा उच्च शिक्षाका अवसरसँग जोड्ने दीर्घकालीन योजना अघि बढाइरहेको जनाएको छ। कलेजले आगामी दिनमा पनि विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्दै नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्