२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने द सेलेब्रेशन को-एडलाई प्याब्सन काठमाडौंको विशेष सम्मान

३ हप्ता अगाडि

एसईई २०८२ मा ऐतिहासिक सफलता : द सेलेब्रेशन को–एड स्कूल/कलेज र दुई कम्प्युटर शिक्षक प्याब्सन काठमाडौंबाट सम्मानित

Advertisement 1

काठमाडौं। एसईई २०८२ को नतिजामा शतप्रतिशत (१००%) ग्रेडेड सफलता हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि कायम गरेको The Celebration Co-Ed School/College लाई PABSON काठमाडौं ले विशेष सम्मान प्रदान गरेको छ।

विद्यालयले यस वर्ष एसईईमा सहभागी सबै विद्यार्थीलाई सफल बनाउँदै १०० प्रतिशत ग्रेडेड नतिजा हासिल गरेको थियो। त्यस्तै, विद्यालयका दुई विद्यार्थीले GPA 4.00 प्राप्त गरी विद्यालयको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्‍याएका छन्।

यसै उपलब्धिका आधारमा विद्यालयका कम्प्युटर विषयका शिक्षक भरत अवस्थी र आर्यन भट्टराई पनि एसईई २०८२ मा कम्प्युटर विषयको औसत GPA 4.00 कायम गराउन सफल उत्कृष्ट शिक्षक का रूपमा PABSON काठमाडौं बाट सम्मानित भएका छन्। उनीहरूको समर्पित शिक्षण, विद्यार्थीमैत्री मार्गदर्शन र निरन्तर मेहनतले विद्यालयलाई उल्लेखनीय सफलता दिलाएको विद्यालयले जनाएको छ।

Advertisement 3

विद्यालयले प्राप्त गरेको सम्मान केवल संस्थाको मात्र नभई सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको साझा सफलता र अथक मेहनतको सम्मान भएको जनाएको छ।

विद्यालय परिवारले यस सम्मानका लागि PABSON काठमाडौं प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, प्रविधिमैत्री र नतिजामुखी शिक्षामार्फत अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

एसईई २०८२ को यो गौरवपूर्ण उपलब्धिले The Celebration Co-Ed School/College लाई काठमाडौंका उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा थप स्थापित गरेको विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार