२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

East Point Academy को गौरव : हेलम्बुको इतिहासमै पहिलो पटक दुई विद्यार्थीले ल्याए ४.० GPA

२२ घण्टा अगाडि

एसईई पुनर्योगपछि इतिहास रच्यो East Point Academy : हेलम्बुमै पहिलो पटक दुई विद्यार्थीको ४.० GPA

Advertisement 1

काठमाडौं/हेलम्बु। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को उत्तरपुस्तिका पुनर्योग (Re-totaling) पश्चात् सिन्धुपाल्चोकको हेलम्बुस्थित East Point Academy ले ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका प्रतिभाशाली विद्यार्थी सलिना थापा र रिजन लामिछाने ले अङ्ग्रेजी विषयमा पुनर्योगपछि A+ प्राप्त गर्दै ४.० GPA हासिल गरेका छन्। यससँगै हेलम्बु गाउँपालिकाको इतिहासमै पहिलो पटक एउटै विद्यालयका दुई विद्यार्थीले ४.० GPA प्राप्त गर्ने गौरवपूर्ण उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ।

यसअघि प्रकाशित नतिजामा अङ्ग्रेजी विषयमा B+ प्रदान गरिएकाले उनीहरू ४.० GPA बाट वञ्चित भएका थिए। तर पुनर्योगका लागि निवेदन दिएपछि उत्तरपुस्तिकाको पुनः परीक्षणबाट वास्तविक नतिजा कायम हुँदै दुवै विद्यार्थीले A+ प्राप्त गरे। यससँगै उनीहरूको समग्र नतिजा ४.० GPA मा रूपान्तरण भएको हो। यस घटनाले परीक्षा मूल्याङ्कन प्रक्रियामा अझ बढी सावधानी, निष्पक्षता र पारदर्शिताको आवश्यकता रहेको विषयलाई समेत उजागर गरेको छ।

Advertisement 3

विद्यालयले यस उपलब्धिलाई विद्यार्थीको अथक मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पित मार्गदर्शनको परिणामका रूपमा लिएको छ। विद्यालय परिवारले दुवै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

यस अवसरमा East Point Academy का प्रिन्सिपल दामोदर भारती ले भन्नुभयो, “सलिना थापा र रिजन लामिछानेले हासिल गरेको ४.० GPA केवल दुई विद्यार्थीको सफलता मात्र होइन, यो सम्पूर्ण हेलम्बु क्षेत्रकै शैक्षिक इतिहासमा कोरिएको स्वर्णिम अध्याय हो। पुनर्योगपछि सत्य र न्याय स्थापित भएको छ। यसले मेहनत कहिल्यै खेर नजाने सन्देश दिएको छ। हाम्रा विद्यार्थीको क्षमता प्रमाणित भएकोमा हामी अत्यन्त गर्वान्वित छौँ। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित सिकाइ र उत्कृष्ट नतिजाका लागि विद्यालय अझ दृढतापूर्वक अघि बढ्नेछ। सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

विद्यालयले दुवै विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल शैक्षिक यात्राको सफलताको कामना गरेको छ। साथै, यस ऐतिहासिक उपलब्धिले हेलम्बु क्षेत्रका अन्य विद्यार्थीलाई पनि उत्कृष्टताको यात्रामा प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार