Advertisement 1
ललितपुरमा शिक्षक महासंघको अधिवेशन सम्पन्न, पाँच तहमा नयाँ नेतृत्व निर्वाचित

Advertisement 2
ललितपुर । करीब १० वर्षपछि नेपाल शिक्षक महासंघ ललितपुरको दोस्रो जिल्ला तथा स्थानीय अधिवेशन सम्पन्न भएको छ। शिक्षकहरूको अधिकार, कर्तव्य तथा पेशागत एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजित अधिवेशनबाट जिल्ला तथा स्थानीय तहका नयाँ नेतृत्व चयन गरिएको छ। नेपाल शिक्षक युनियनबाट विकसित भई साझा संगठनका रूपमा स्थापित महासंघले जिल्लाका विभिन्न तहमा नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट ललितपुर जिल्ला अध्यक्षमा देवीप्रसाद दुलाल (NNTA) र सचिवमा अर्जुनकुमार खरेल (NTA) निर्वाचित भएका छन्। त्यसैगरी ललितपुर महानगरपालिकाको अध्यक्षमा पुष्पराज जोशी (NTA) र सचिवमा टीका बहादुर खड्का (NNTA), महालक्ष्मी नगरपालिकाको अध्यक्षमा शेरबहादुर बस्नेत (NNTA) र सचिवमा शोभाकर भूसाल (NTA), गोदावरी नगरपालिकाको अध्यक्षमा ईश्वरध्वज कार्की (NTA) र सचिवमा रामचन्द्र सुवेदी (NNTA) तथा महाङ्काल गाउँपालिकाको अध्यक्षमा कमलराज दाहाल (NNTA) र सचिवमा रामकृष्ण तिमल्सिना (NTA) निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार जिल्लाका पाँच वटा तहमा तेस्रो घटक नेपाल शिक्षक संगठनले पाउने पदसोपानका केही पदहरू हालका लागि रिक्त राखिएको छ। थप सहमतिका लागि ती पदहरू खाली राखिएको तथा कोन्ज्योसोम र बागमती गाउँपालिकामा महासंघ गठन हाललाई स्थगित गरिएको जनाइएको छ।
नेपाल शिक्षक महासंघका प्रथम अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष देवीप्रसाद दुलालले राखेका थिए। कार्यक्रममा कमला थापा, सुदर्शन घिमिरे, लोकबहादुर खड्कालगायतका पेशागत संघ–संगठनका नेताहरूले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता महासंघका प्रतिनिधि भरत भण्डारीले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्