प्रधानमन्त्री बालेनले सचिवालयका तीन सदस्य हटाउने तयारी
Advertisement 1

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयका तीन सदस्यलाई हटाउने तयारी गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयमा हाल २७ सदस्य रहेका छन्। सचिवालयको आकारलाई लिएर सार्वजनिक रूपमा आलोचना बढेपछि सदस्य संख्या घटाउने तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार सचिवालयबाट तीन जनालाई बिदा गर्ने तयारी भइरहेको छ। यसअघि सचिवालय सदस्य माधव खनाललाई हटाइएको चर्चा भए पनि त्यससम्बन्धी औपचारिक निर्णय भने भइसकेको छैन।
स्रोतले दिएको जानकारीअनुसार पासपोर्ट प्रकरणसँगै खनालको भूमिकाप्रति असन्तुष्टि बढेपछि उनलाई सचिवालयबाट हटाउने तयारी गरिएको हो। खनालसहित तीन सदस्यलाई सचिवालयबाट बाहिरिने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।
यद्यपि, यसबारे प्रधानमन्त्री कार्यालयले हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा निर्णय सार्वजनिक गरेको छैन।



प्रतिक्रिया दिनुहोस्