२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल नगर समिति कार्यक्रम सम्पन्न

२ दिन अगाडि

राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल नगर समिति कार्यक्रम सम्पन्न

Advertisement 1

लुम्बिनी : राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल नगर समितिको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष दशरथ ओलीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव राकेश बस्नेतले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज ओलीले नगरपालिकाभित्र अझै पनि खानेपानीको पहुँच नपुगेका तथा जीर्ण अवस्थामा रहेका खानेपानी योजनाहरूको पहिचान गरी आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित निकायसँग अनुरोध गरिने बताउनुभयो।

Advertisement 3

उहाँले जिल्लाभर खानेपानीको शुद्धतासम्बन्धी प्रश्न उठिरहेको उल्लेख गर्दै जिल्ला खानेपानी डिभिजन प्रमुखलाई आवश्यक पहलका लागि अनुरोध गरिने जानकारी दिनुभयो। साथै जिल्लाका सबै खानेपानी योजनाको पानी परीक्षण (वाटर टेस्ट) गराउने कार्यमा महासंघले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

धेरै पढिएको

सम्बन्धित समाचार