२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, उपचार प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

३ दिन अगाडि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, उपचार प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

Advertisement 1


काठमाडौं, साउन २५ — २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।
मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोनमार्फत संवाद गर्दै डा. केसीको उपचारमा कुनै कमी हुन नदिन, आवश्यक स्रोत–साधनको तत्काल व्यवस्थापन गर्न तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी हुन्।
स्वास्थ्य मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।
मन्त्रालयका अनुसार चिकित्सकहरूले डा. केसीको वर्तमान स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने सुझाव दिएका छन्। सोही आधारमा आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ।
पाँच बुँदे माग राख्दै बिहीबारदेखि २४औँ सत्याग्रहमा बसेका डा. केसीलाई स्वास्थ्य अवस्था थप बिग्रिएपछि शनिबार धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो।
यसैबीच, डा. केसीले अघि सारेका मागबारे छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार