कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा, अविश्वास प्रस्तावअघि पद त्याग
Advertisement 1

सुर्खेत, साउन ९ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
Advertisement 2
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असार ३२ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफल गर्न शनिबार प्रदेशसभा बैठक आह्वान गरिएको थियो।
अविश्वास प्रस्तावमाथि छलफल सुरु हुनुअघि नै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा घोषणा गरेका हुन्। अब कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
Advertisement 3
मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशको राजनीतिक समीकरण नयाँ चरणमा प्रवेश गरेको छ। आगामी सरकार गठनका लागि दलहरूबीच आवश्यक छलफल र सहमतिको प्रक्रिया तीव्र हुने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्