२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

विद्यार्थी आन्दोलन चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

३ दिन अगाडि

विद्यार्थी आन्दोलन चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

Advertisement 1

काठमाडौ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्तरको मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र बाहिरिएको विवाद र त्यसपछि देशभर चर्किएको विद्यार्थी आन्दोलनका कारण उनले शनिबार पद त्याग गरेका हुन्।

कक्रोच जनता पार्टीको नेतृत्वमा राजधानी नयाँ दिल्लीसहित देशभर विद्यार्थीहरू विगत केही समयदेखि सडक आन्दोलनमा थिए। विशेष गरी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा विद्यार्थीहरूले विगत ३६ दिनदेखि लगातार धर्ना तथा प्रदर्शन गर्दै शिक्षामन्त्रीको राजीनामा माग्दै आएका थिए।

‘नीट’ (NEET) भारतमा मेडिकल क्षेत्रमा उच्च शिक्षा र करियर बनाउन चाहने विद्यार्थीहरूका लागि अनिवार्य मानिने राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक प्रवेश परीक्षा हो। उक्त परीक्षाको प्रश्नपत्र पहिले नै बाहिरिएपछि (लीक भएपछि) भविष्यमाथि खेलबाड भएको भन्दै विद्यार्थी र अभिभावकहरू आक्रोशित बनेका थिए।

Advertisement 3

आन्दोलनले उग्र रूप लिँदै गएपछि र चौतर्फी दबाब बढेपछि शिक्षामन्त्री प्रधानले अन्ततः पद छाड्ने निर्णय गरेका हुन्।

धेरै पढिएको

सम्बन्धित समाचार