लायन्स क्लब अफ गुप्तेश्वरद्वारा वृद्धाश्रममा भोजन तथा खाद्यान्न सहयोग
Advertisement 1

काठमाडौं, असार १९ (३ जुलाई २०२६) – लायन्स क्लब अफ गुप्तेश्वरले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुर–१, लोकन्थलीस्थित ॐ वृद्धाश्रम मा आश्रित ज्येष्ठ नागरिकसँग आत्मीय भेटघाट गर्दै भोजन गराउनुका साथै खाद्यान्न सामग्री वितरण गरेको छ।
Advertisement 2
‘We Serve’ भन्ने लायन्सको मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूले वृद्धाश्रममा रहेका आमा–बुबासँग समय बिताएका थिए। उनीहरूको स्वास्थ्य अवस्था, दैनिक जीवन र आवश्यकताबारे चासो व्यक्त गर्दै सम्मानपूर्वक भोजन गराइएको तथा दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष राजन थापाले समाजका ज्येष्ठ नागरिकप्रति सम्मान, माया र जिम्मेवारीको भावना सबैमा हुनुपर्ने बताए। उनले भने, “हामीले आज प्रदान गरेको भोजन वा खाद्यान्नभन्दा पनि उहाँहरूसँग बिताएको आत्मीय समय र सम्मान नै उहाँहरूका लागि सबैभन्दा ठूलो उपहार हो। लायन्स क्लब अफ काठमाडौं गुप्तेश्वरले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र करुणाको भावनालाई निरन्तर व्यवहारमा उतार्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्नेछ। समाजका हरेक नागरिकले आफ्ना ज्येष्ठ नागरिकप्रति सम्मान र जिम्मेवारी निर्वाह गर्न सके मात्रै सभ्य, संस्कारित र मानवीय समाज निर्माण हुन सक्छ।”
Advertisement 3
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण गुप्तेश्वर परिवारप्रति अध्यक्ष थापाले आभार व्यक्त गर्दै सामाजिक सेवाको अभियानमा सबैको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
यस अवसरमा क्लबले GST अर्जुन कार्की, हंगर चिफ रामकुमार खत्री, PRO चिफ सुमन सिंह थापा, अन्तर्राष्ट्रिय कन्भेन्सन संयोजक रामहरि फुयाल तथा अतिरिक्त क्याबिनेट सचिव रवीन्द्र रिमालप्रति कृतज्ञता व्यक्त गरेको थियो।
त्यसैगरी, कार्यक्रम सफल बनाउन विशेष पहल, समन्वय र सक्रिय भूमिका निर्वाह गर्नुहुने जोन चेयरपर्सन (ZC) गुञ्जना ढुंगानाप्रति क्लबले विशेष धन्यवाद ज्ञापन गरेको छ।
लायन्स क्लब अफ काठमाडौं गुप्तेश्वरले आगामी दिनमा पनि वृद्धवृद्धा, असहाय, विपन्न तथा आवश्यकता भएका समुदायको हितमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्