शिक्षा भन्दा पूर्वाधारमा बढी लगानी : आगामी वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट
Advertisement 1

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री Swarnim Wagle ले उक्त जानकारी दिएका हुन् ।
सरकारले सार्वजनिक गरेको बजेटअनुसार शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको दाबी गरिए पनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तुलनामा शिक्षा क्षेत्रले कम बजेट पाएको देखिएको छ ।
सरकारले भौतिक पूर्वाधार तथा सहरी विकासतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यससँगै शिक्षा क्षेत्रमा भन्दा सडक, पुल, भवन तथा अन्य पूर्वाधार विकासमा बढी लगानी गरिएको तथ्य सार्वजनिक भएको हो ।
शिक्षा क्षेत्रमा विनियोजित बजेट विद्यालय शिक्षा सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार, शिक्षक व्यवस्थापन, डिजिटल शिक्षाको प्रवर्द्धन तथा उच्च शिक्षाको गुणस्तर सुधारमा खर्च गरिने सरकारले जनाएको छ ।
यद्यपि शिक्षा क्षेत्रमा अपेक्षाअनुसार बजेट नबढाइएको भन्दै शिक्षा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले दीर्घकालीन विकास, दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय शिक्षाका लागि अझ बढी लगानी आवश्यक रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्