२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

जनताकै घरदैलोमा जवाफ दिन्छु : एमाले उम्मेदवार प्रेम तामाङ

४ महिना अगाडि

घरदैलोमै प्रश्नको जवाफ दिने एमाले उम्मेदवार प्रेम तामाङको प्रतिबद्धता

Advertisement 1


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्नो विषयमा उठाइएका सबै प्रश्न र आरोपहरूको जवाफ जनताकै घरदैलोमा पुगेर दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै तामाङले आफ्नो बारेमा पर्दा पछाडि तथा सार्वजनिक रूपमा उठाइएका जिज्ञासा र आरोपहरूको स्पष्ट उत्तर आफूसँग रहेको उल्लेख गरेका छन्। “ती सबै प्रश्नहरूको उत्तर म तपाईंहरूकै घरदैलोमा आएर दिनेछु,” उनले लेखेका छन्।
आफू रसुवामै जन्मेर हुर्किएको र जनतासँगको सम्बन्ध कहिल्यै नटुटेको दाबी गर्दै तामाङले सधैं जनताको साथमा रहेको बताएका छन्। उनले चुनाव जित्दा नमतिने र हार्दा नआत्तिने स्वभाव रहेको उल्लेख गर्दै आफू सधैं नागरिककै बीचमा रहने प्रतिबद्धता जनाएका छन्।
तामाङका अनुसार यो निर्वाचन केवल सांसद चयन गर्ने प्रक्रिया मात्र नभई विकृत राजनीतिक संस्कार अन्त्य गर्दै सभ्य, सुसंस्कृत र जनमुखी राजनीति स्थापना गर्ने अभियान पनि हो। उनले सबै वर्ग, समुदाय र नागरिकलाई सकारात्मक राजनीतिक परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार