२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

नेपाल–चीन सीमापार व्यापार प्रभावित, संघद्वारा गृहमन्त्री र घिसिङलाई ध्यानाकर्षण

६ महिना अगाडि

अरणिको राजमार्ग तत्काल सञ्चालन गर्न नेपाल हिमालय सीमापार बाणिज्य संघद्वारा गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई ध्यानाकर्ष

Advertisement 1

नेपाल हिमालय सीमापार बाणिज्य संघले अरणिको राजमार्ग अवरुद्ध हुँदा व्यापारिक गतिविधि, स्थानीय दैनिकी र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै आज गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री दुवैलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ। अध्यक्ष रामहरि कार्की, वरिष्ठ उपाध्यक्ष सागर घिमिरे, महासचिव रामचन्द्र पराजुली तथा सदस्य राजेश भण्डारी र शरदा पराजुलीको उपस्थितिमा भएको भेटवार्तामा संघले राजमार्ग तत्काल सञ्चालन गर्ने माग राख्यो। अध्यक्ष कार्कीले भने, “अरणिको राजमार्ग तथा नाका बन्द हुँदा व्यापार ठप्प, आयात–निर्यात रोकिएको छ। यसको प्रभाव व्यापारी मात्र होइन, राष्ट्रकै अर्थतन्त्रमा परिरहेको छ। सरकारको द्रुत निर्णयबिना स्थिति अझ जटिल बन्छ, त्यसैले छिट्टै राजमार्ग खोलिनु अत्यावश्यक छ।”

गृहमन्त्रीले संघको माग सुन्दै अवरुद्ध व्यवस्थापनमा देखिएका प्रशासनिक तथा सुरक्षामूलक चुनौतीहरू तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्पष्ट रूपमा भने, “अरणिको राजमार्ग सुचारु गर्नु राष्ट्रिय प्राथमिकता हो। जहाँ–जहाँ सुरक्षासम्बन्धी अवरोध छन्, ती हटाइ प्रशासनिक समन्वयमार्फत राजमार्ग सञ्चालनको वातावरण तुरुन्तै बनाइन्छ।” मन्त्रीका अनुसार स्थानीयको माग र व्यापारिक महत्वलाई सरकारले गम्भीर रूपमा लिएको छ र छिट्टै प्रगति देखिनेछ।

Advertisement 3

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अवरुद्ध स्थानको पूर्वाधार समस्यालाई तत्काल प्राविधिक मूल्यांकन गरी आकस्मिक मर्मत सुरु गर्ने प्रतिबद्धता जनाए। घिसिङले भने, “जहाँ–जहाँ क्षति वा जोखिम देखिएको छ, त्यहाँ तत्काल मर्मत, सफाइ र आवश्यक प्राविधिक काम अघि बढाइन्छ। साउन–भदौयता जस्ता चिरा, भूस्खलन वा संरचनागत कमजोरी भएका भाग छिट्टै सुधारिन्छन्। व्यापार र यातायात सहज बनाउन मन्त्रालय पूर्ण रूपमा सक्रिय छ।” उनले नेपाल–चीन व्यापार दीर्घकालीन स्थायित्वका लागि बलियो पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको समेत उल्लेख गरे।

संघका पदाधिकारीहरूले दुवै मन्त्रीबाट प्राप्त आश्वासनप्रति स्वागत व्यक्त गर्दै राजमार्ग छिटो सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्। अरणिको राजमार्ग बन्द हुँदा व्यवसायी, पर्यटक, स्थानीय बासिन्दादेखि राष्ट्रिय राजस्वसम्म ठूलो क्षति भएको भन्दै संघले अब सरकार निर्णायक कदम चाल्ने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार