२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

समाचार

नेपालकी मुनाखवास मगर थाइल्याण्डमा महिला रिफ्रीको रूपमा चयन

१० महिना अगाडि

५औं डन ब्ल्याक बेल्ट धारी, अन्तर्राष्ट्रिय कोच तथा रिफ्री मुनाको थाइल्याण्डमा प्रतिनिधित्व

काठमाडौं — नेपालकी अन्तर्राष्ट्रिय स्तरकी तेक्वान्दो प्रशिक्षक तथा रिफ्री मुनाखवास मगर ८औं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप (थाइल्याण्ड) मा महिला रिफ्रीको रूपमा चयन भएकी छिन्।

५औं डन ब्ल्याक बेल्ट प्राप्त गरेकी खवास मगर न्यू गोकर्णेश्वर तेक्वान्दो डोजाङ की सञ्चालक समेत हुन्। उनले हालसम्म १०० भन्दा बढी ब्ल्याक बेल्ट खेलाडी तयार पारिसकेकी छन्।

तेक्वान्दो खेलको विकासमा निरन्तर समर्पित मुनाको यो उपलब्धिले नेपाली तेक्वान्दो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुगेको छ। उनको समर्पण, अनुशासन र योगदानले खेल क्षेत्रमा प्रेरणाको स्रोत बनेको छ।

नेपालको तर्फबाट थाइल्याण्डमा प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली उपस्थितिको कामना गर्दै उनलाई सफलताको शुभेच्छा व्यक्त गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार