२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

वक्तृत्वकलामा रिलायन्सको चम्किलो सफलता, वजस्विनीको उत्कृष्ट उपलब्धि

९ घण्टा अगाडि

बुढानीलकण्ठ नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रिलायन्सको शानदार सफलता

Advertisement 1


कपन अनलाइनद्वारा आयोजित तथा Texas Toppers’ Talk द्वारा प्रायोजित बुढानीलकण्ठ नगरपालिकास्तरीय वक्तृत्वकला (Speech Competition) प्रतियोगितामा रिलायन्स को–एड स्कुलकी मेधावी छात्रा वजस्विनी राज्य लक्ष्मी शाही प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
नगरपालिकाभित्रका ३५ विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा वजस्विनीले उत्कृष्ट वक्तृत्वकला, आत्मविश्वास र प्रभावशाली प्रस्तुति मार्फत प्रथम स्थान सुरक्षित गर्दै विद्यालयको गौरव बढाएकी हुन्। उनको यस उपलब्धिले रिलायन्स को–एड विद्यालय परिवारलाई थप उत्साहित र गौरवान्वित बनाएको छ।


यस ऐतिहासिक सफलताप्रति विद्यालय परिवारले वजस्विनी राज्य लक्ष्मी शाहीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, प्रतियोगिताको सफल आयोजना गरी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्था कपन अनलाइन तथा प्रायोजक Texas Toppers’ Talk प्रति आभार व्यक्त गरिएको छ।
विद्यालयले वजस्विनीको तयारी, मार्गदर्शन र सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, यस उपलब्धिमा साथ र सहयोग पुर्‍याउने सिङ्गो रिलायन्स एजुकेशन नेटवर्क परिवार तथा Central ECA/CCA Team प्रति पनि विद्यालयले कृतज्ञता व्यक्त गरेको छ।
उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल रिलायन्स इन्टरनेशनल एकेडेमीकी मेधावी छात्रा सम्पदा काफ्लेलाई समेत विद्यालय परिवारले हार्दिक बधाई दिएको छ।
रिलायन्सका विद्यार्थीहरूले निरन्तर रूपमा शैक्षिक, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिहरूमा उत्कृष्टता हासिल गर्दै आएको तथ्यलाई यस सफलताले पुनः पुष्टि गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको प्रतिभा विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आत्मविश्वास निर्माणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको रिलायन्सले आगामी दिनमा पनि यस्ता उपलब्धिहरूलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार