२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

बालेनको सीमा सम्बन्धी अभिव्यक्तिमा भारतीय विज्ञको समर्थन

३ दिन अगाडि

बालेनको अभिव्यक्तिलाई लिएर भारतीय नेपालविज्ञ एसडी मुनीको प्रतिक्रिया : ‘साहसी स्वीकारोक्ति’ भन्दै दिए बधाई

Advertisement 1


काठमाडौं । नेपालको प्रतिनिधिसभामा प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले नयाँ बहस सिर्जना गरेको छ। सोही विषयलाई लिएर भारतीय नेपालविज्ञ एसडी मुनीले बालेनलाई सार्वजनिक रूपमा बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मुनीले सुस्ता क्षेत्रमा नेपालको उपस्थितिबारे बालेनले गरेको टिप्पणीलाई ‘साहसी स्वीकारोक्ति’को संज्ञा दिएका छन्। उनले नदीको धार परिवर्तनका कारण सुस्तामा नेपालले भारतीय भू–भाग ओगटिरहेको अवस्थाबारे बालेनले खुलेर बोलेको उल्लेख गर्दै यस्तो विषय अनौपचारिक रूपमा स्वीकार गरिए पनि सार्वजनिक रूपमा कमै चर्चा हुने गरेको बताएका छन्।
मुनीले लेखेका छन्, “मेयर बालेन शाह बधाईका पात्र छन्। अनौपचारिक रूपमा स्वीकार गरिँदै आएको तर सार्वजनिक रूपमा कमै चर्चा हुने विषयलाई उनले साहसपूर्वक स्वीकार गरेका छन्। नदीको धार परिवर्तनपछि सुस्तामा नेपालले भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ।”
यद्यपि, मुनीले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने नेपालकै लागि प्रतिकूल हुन सक्ने चेतावनीसमेत दिएका छन्। उनले यस्तो कदमले अपेक्षित परिणाम नदिई उल्टै जटिलता थप्न सक्ने संकेत गरेका छन्।
बालेनको अभिव्यक्ति र त्यसपछि आएको मुनीको प्रतिक्रियाले नेपाल–भारत सीमा विवाद, विशेषगरी सुस्ता क्षेत्रको विषय पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ। सीमा व्यवस्थापन र ऐतिहासिक दाबीबारे दुवै देशका सरोकारवालाबीच नयाँ छलफल सुरु हुने संकेत देखिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार