२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

जीवन तारा एकेडेमीमा SEE सफलता, चार विद्यार्थीले ल्याए ४.० जीपीए

३ हप्ता अगाडि

जीवन तारा एकेडेमीको उत्कृष्ट सफलता, चार विद्यार्थीले ल्याए ४.० जीपीए

Advertisement 1


काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा जीवन तारा एकेडेमीले उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी ५३ जना विद्यार्थीमध्ये चार जनाले पूर्ण ४.० जीपीए ल्याउँदै विद्यालयको गौरव बढाएका हुन्।
विद्यालयका अनुसार ४.० जीपीए हासिल गर्ने विद्यार्थीहरू अध्ययनसँगै विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका प्रतिभावान विद्यार्थी हुन्। उनीहरूको उपलब्धिले विद्यालयको शैक्षिक स्तर र गुणस्तरलाई थप उचाइमा पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।
यस वर्षको SEE परीक्षामा विद्यालयका अधिकांश विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन्। विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर गिरी ले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सामूहिक मेहनतका कारण यो सफलता सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो शैक्षिक उत्कृष्टता प्राप्त गर्न विद्यार्थीहरूको मेहनत, अभिभावकको समर्पण तथा शिक्षक–शिक्षिकाहरूको कर्तव्यपरायणताले सम्भव भएको हो।”
विद्यालय परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विद्यालयलाई गौरवपूर्ण उचाइमा पुर्‍याउन सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता प्रकट गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार