२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

ईष्ट पोइन्ट एकेडेमीले देखायो उत्कृष्टता, औसत GPA 3.64 सहित उज्ज्वल नतिजा

३ हप्ता अगाडि

ईष्ट पोइन्ट एकेडेमीको ऐतिहासिक सफलता !
समग्र GPA ३.६४ (औषत) प्राप्त गर्न सफल !

Advertisement 1


हेलम्बु, मेलम्ची, पाँचपोखरी थाङपाल र इन्द्रावती क्षेत्रमै सबैभन्दा धेरै ३.६० देखि ४.० GPA (A+) ल्याउँदै फेरि चम्कियो East Point Academy सिन्धुपाल्चोक ।
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा इष्ट पोइन्ट एकेडेमी माध्यमिक विद्यालयले पुनः उत्कृष्ट सफलता हासिल गरेको छ। यस वर्ष विद्यालयबाट सहभागी १६ जना विद्यार्थीमध्ये ११ जनाले ३.६० देखि ४.० GPA हासिल गर्दै उत्कृष्ट (A+) ग्रेड ल्याएका छन्। विद्यालयले निरन्तर उत्कृष्ट नतिजाको परम्परालाई कायम राख्दै हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका पाँचपोखरी थाङपाल गाँउपालिका र इन्द्रावती गाउँपालिकाभित्र शैक्षिक सत्र २०८२ मा सबैभन्दा धेरै A+ ल्याउने विद्यालयको रूपमा आफूलाई स्थापित गरेको छ। समग्र GPA तर्फ पनि ३.६४ औषत प्राप्त गर्न सफल भएको छ !
विद्यालयको नतिजाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा विद्यालयको शैक्षिक व्यवस्थापनको प्रभावकारिता स्पष्ट देखाएको छ। बाँकी ५ जनविद्यार्थीहरूले पनि ३.३० देखि ३.६० (A) GPA हासिल गरेका छन्, जसले विद्यालयको समग्र शैक्षिक स्तरलाई अझ मजबुत बनाएको छ।
विद्यालयका प्रिन्सिपल दामोदर भारतीले यस सफलताप्रति खुसी व्यक्त गर्दै भन्नुभयो,
“यो नतिजा केवल अंकको सफलता होइन, हाम्रो सम्पूर्ण विद्यालय परिवारको मेहनत, अनुशासन र निरन्तर समर्पणको परिणाम हो। विद्यार्थीहरूको अथक प्रयास, शिक्षकहरूको जिम्मेवार भूमिका र अभिभावकहरूको विश्वासकै कारण हामीले फेरि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं। East Point ले विगत लामो समयदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै आएको छ, र आगामी दिनमा अझ उच्च उपलब्धिका लागि प्रतिबद्ध रहनेछ।”
विद्यालयले वर्षौंदेखि शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री सिकाइ वातावरणलाई प्राथमिकतामा राख्दै आएको छ। दुर्गम क्षेत्रमै रहेर पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालयप्रति स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाले प्रशंसा व्यक्त गरेका छन्।
SEE–2082 को नतिजासँगै East Point Academy विद्यालयले आफूलाई सिन्धुपाल्चोककै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा पुनः स्थापित गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकले प्रकासित गरेको उत्कृष्ट २० विध्यार्थीहरुमध्ये ईष्ट पोइन्ट एकेडेमीका ३ बिध्यार्थीहरु पर्न सफ्ल भएका छन् ।

धेरै पढिएको

सम्बन्धित समाचार