“Play, Inspire, Empower” नारासहित NIGHTINGALE SEE YOUTH FEST सुरु
Advertisement 1

काठमाडौं । युवा पुस्ताको प्रतिभा, ऊर्जा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको “NIGHTINGALE SEE YOUTH FEST” शनिबारबाट भव्य रूपमा सुरु भएको छ। नाइटिङ्गेल स्कुलद्वारा आयोजित उक्त युवा महोत्सव आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।
“Play, Inspire, Empower” भन्ने मूल नारासहित सञ्चालन भइरहेको कार्यक्रममा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रका करिब ६० वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। एसईई परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको फेस्टमा खेलकुद र ई–गेमिङका विविध प्रतियोगिताहरू समावेश गरिएका छन्।
कार्यक्रम अन्तर्गत Basketball, Futsal तथा E-gaming अन्तर्गत PUBG, Free Fire र Mobile Legend जस्ता लोकप्रिय प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा सहभागीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार प्रथम हुनेलाई २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ तथा तेस्रो हुनेलाई समेत १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै छात्रवृत्ति र अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ।
नाइटिङ्गेल स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख रुपम तामाङ ले विद्यालयले पढाइसँगै खेलकुद, नेतृत्व विकास र सिर्जनात्मक गतिविधिलाई समान प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि केवल शैक्षिक शिक्षा मात्र पर्याप्त हुँदैन। खेलकुद, प्रतिस्पर्धा र अतिरिक्त क्रियाकलापले उनीहरूलाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउँछ। यही उद्देश्यले हामीले SEE Youth Fest आयोजना गरेका हौँ।”
उहाँका अनुसार कार्यक्रमले विद्यार्थीहरूबीच मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। दुई दिनसम्म सञ्चालन हुने उक्त फेस्टमा सहभागी विद्यार्थीहरू उत्साहपूर्वक विभिन्न गतिविधिमा संलग्न भइरहेका छन्।
नाइटिङ्गेल स्कुलले विगतदेखि नै गुणस्तरीय शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। विद्यालयले विद्यार्थीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्