पहिलो फ्रेन्डसिप इन्टर दोजाङ लिग एकल पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न
खेलकुदमार्फत अनुशासन, आत्मबल र नेतृत्व क्षमताको विकास

काठमाडौं, साउन १० – कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित चन्द्र सूर्य तेक्वान्दो दोजाङ क्लबको आयोजनामा ‘प्रथम फ्रेन्डसिप इन्टर दोजाङ एकल पुम्से तेक्वान्दो लिग प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जम्मा ११० जना खेलाडीहरूको सहभागिता रहेको थियो, जसमा ६० जना पुरुष र ५० जना महिला खेलाडी सहभागी थिए।
सहभागी डोजाङ तथा विद्यालयहरूमा न्यू होली क्रस स्कुल, बज्रयोगिनी स्कुल र आयोजक चन्द्र सूर्य तेक्वान्दो क्लब थिए।
प्रतियोगिताको प्रमुख उद्देश्य युवा खेलाडीहरूलाई पुम्से तेक्वान्दो मार्फत अनुशासन, प्रतिस्पर्धा भावना, आत्मबल र नेतृत्व क्षमताको विकास गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

निर्णायकहरू
प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक वचन मगरसहित राष्ट्रिय निर्णायकहरू युमा शंकर लामा, हेमा कुमारी तामाङ र अंकिता बरामुले निर्णायकको भूमिका निर्वाह गरे।
पदक विजेता सूची
महिला तर्फः
९ वर्ष मुनि:
🥇 फुङ्मा तुम्बापो
🥈 महिमा पञ्जियार
🥉 सुहाना माझी, आर्या कुमारी मगर
१२ वर्ष मुनि:
🥇 रेन्जी चौलागाईं
🥈 अस्मिता कुमारी खड्का
🥉 सदिक्षा ढकाल, समृद्धि राजविक
१५ वर्ष मुनि:
🥇 कोशिन चम्लागाईं
🥈 प्रतिक्षा लामा
🥉 युविसा पहाडी, कृष्मा वैवा
१८ वर्ष मुनि:
🥇 सुगरीका चौलागाईं
🥈 स्पर्शी उप्रेती
पुरुष तर्फः
९ वर्ष मुनि:
🥇 मनिष अधिकारी
🥈 क्रिजल वाइबा
🥉 भीमसेन भण्डारी, प्रतिक खरेल
१२ वर्ष मुनि:
🥇 त्रिजल शिवाकोटी
🥈 पुस्कल घिमिरे
🥉 अमिर बस्नेत, देवान तामाङ
१५ वर्ष मुनि:
🥇 अश्विन माझी
🥈 समर थापा
🥉 मनिष सुनुवार, जीशम मोटे
१८ वर्ष मुनि:
🥇 युसन राई
🥈 हेमराज खड्का
🥉 सुमन सुनुवार, विवेक प्रधान

उत्कृष्ट खेलाडी सम्मान
प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि मनिष अधिकारीले प्राप्त गरे भने महिलातर्फ कोशिन चम्लागाईं उत्कृष्ट घोषित भइ टी–शर्ट प्रदान गरिएको थियो।
लिग संरचना र भविष्य योजना
यस प्रतियोगिता चन्द्र सूर्य तेक्वान्दो क्लबद्वारा आयोजित लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो श्रृङ्खला थियो। क्लबका अनुसार आगामी दिनमा प्रत्येक चार–चार महिनामा यस्ता लिग प्रतियोगिता गरिनेछ। लिग संरचनामा अंक प्रणाली तय गरिएको छ:
प्रथम हुनेलाई – १० अंक
दोस्रो हुनेलाई – ७ अंक
तेस्रो हुनेलाई – ५ अंक
प्रत्येक खेल जिते बापत – २ अंक
सहभागी मात्र भएबापत – १ अंक

प्रशिक्षकहरूको योगदान
डोजाङका प्रमुख प्रशिक्षकले १२ वर्षभन्दा बढी समयको अनुभवसहित पुम्से, जिआरोगी र डेमोन्स्ट्रेसन विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आइरहेका छन्।
त्यसैगरी, सहायक प्रशिक्षक हिमाला अधिकारीले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवका आधारमा खेलाडीहरूलाई प्रशिक्षण दिइरहेकी छिन्।
अभिभावकको सक्रियता र सहभागी खेलाडीहरू
बिहान–बेलुका गरी करिब ७० जना खेलाडीहरू नियमित प्रशिक्षणमा संलग्न छन्। प्रतियोगितामा अभिभावकहरूको उल्लेखनीय उपस्थिति तथा हौसला देखिएको थियो, जसले खेलाडीहरूको मनोबल थप उचो बनाएको प्रशिक्षकहरूले बताएका छन्।

आयोजक र अतिथिको भनाइ
चन्द्र सूर्य तेक्वान्दो दोजाङका सञ्चालक भिमकुमार तुम्बापे भन्छन्:
“हाम्रो उद्देश्य केवल पदक जिताउनु मात्र होइन, जिम्मेवार, अनुशासित र आत्मनिर्भर युवा उत्पादन गर्नु हो। यस्ता लिग प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउँछ र नेतृत्व विकासमा टेवा पुर्याउँछ।”
थली तेक्वान्दो दोजाङका प्रमुख प्रशिक्षक युमा शंकर लामाले भने:
“छात्र–छात्रामा लुकेको क्षमता यस्ता प्लेटफर्मले उजागर गर्छ। खेलाडीहरूलाई सही मार्गदर्शन र अवसर दिन सके, उनीहरू अन्तर्राष्ट्रिय स्तरमा पनि चम्किन सक्छन्।”



प्रतिक्रिया दिनुहोस्