रातारात झांक्रीबाट ‘डा.’

काठमाडौं — सामाजिक सञ्जालमा आफुलाई कथित ‘झाँक्री’ भनेर चिनाउने प्रकाश भुजेल हिजो बिहानसम्म साधारण झाँक्री थिए, तर बेलुकासम्म भने उनी एकाएक ‘डा.’ बने। उनले फेसबुकमा भारतका नाम सुन्दा मात्रै बुद्धि बढेजस्तो हुने संस्थाबाट पाएको मानार्थ विद्यावारिधि र अवार्डका तस्बिर पोस्ट गरे।
‘परम्परागत उपचार तथा सामाजिक कार्य’ मा मानार्थ पीएचडी, विश्वशक्ति महारत्न अवार्ड र ‘अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार’ पाएका उनले यो सम्मान आफू मात्र नभई सिङ्गो देशकै जित भएको बताएका छन ।
सामान्यतया मानार्थ डिग्री पाउनेले नामअघि ‘डा.’ राख्दैनन्, तर भुजेलले नयाँ ट्रेन्ड सुरु गर्दै फेसबुकमा आधिकारिक रूपमा ‘फेसबुक डाक्टर’ उपाधि सुरक्षित गरेका छन्। बधाईका कमेन्ट वर्षिँदै छन्, जबकि केहीले भने प्रमाणपत्रको असली–नकलीबारे अनुसन्धान सुरु गरिसकेका छन्।
अहिले उनको पोस्टमा बधाईको वर्षा भइरहेका छन्, कतिले ‘अब औषधि पनि लेख्ने हो?’ भन्दै हाँसो उडाइरहेका छन्। तर केहीले भने प्रमाणपत्र र अवार्ड दिने संस्थाको अस्तित्वबारे अनुसन्धान सुरु गरिसकेका छन्— नत्र भोलि अर्को मानार्थ पीएचडी उनीहरूले पाउने सम्भावना पनि छ!




प्रतिक्रिया दिनुहोस्