२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

जीवनशैली

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

९ महिना अगाडि

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं योजना आयोगका पूर्व सदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई साइबर अपराधसम्बन्धी उजुरीका आधारमा बुधबार पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए। उनले भने, “अनलाइनमार्फत एक महिलालाई अपशब्द प्रयोग गरेको भन्ने उजुरी थियो, त्यसैका आधारमा नियन्त्रणमा लिएका हाैँ।”

अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि आजै साँझ पक्राउ गरिएका उनलाई म्याद थपका लागि भोलि अदालतमा लगिने उनले बताए।

रास्वपा सरकारमा रहेका बेला पाँडे योजना आयोगका सदस्य बनेका थिए। आयोगको सदस्य बनेपछि उनले ‘स्वार्थको द्वन्द्व हुन नदिने’ भन्दै पार्टीको केन्द्रिय सदस्यबाट राजीनामा दिएका थिए। उनी जलवायु विज्ञ पनि हुन्।

धेरै पढिएको

सम्बन्धित समाचार