मेलम्ची, भदौ १२ । हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका–७ ले आयोजना गरेको खुला माध्यमिक विद्यालय स्तरीय गायन प्रतियोगितामा मेलम्ची नगरपालिका–८ स्थित जलवाईदेवी माध्यमिक विद्यालय, क्यौरानीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।

छोटो समयको तयारीको बाबजुद पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएका सहभागी विद्यार्थीप्रति विद्यालय परिवारले खुशी व्यक्त गर्दै बधाई दिएको छ।
प्रतियोगितामा विजयी विद्यालयका शिक्षक सुवास गिरीले विद्यार्थीहरूको प्रयासप्रति धन्यवाद ज्ञापन गर्दै भने, “छोटो समयमै राम्रो तयारी गरेर पहिलो स्थान हासिल गर्नु विद्यालयको गर्वको विषय हो। यसले विद्यार्थीको प्रतिभा उजागर गरेको छ। आगामी दिनमा अझै उत्कृष्टतासहित अघि बढ्ने हाम्रो विश्वास छ।”

गायन प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। आयोजकले विजेताहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्दै निरन्तर सृजनात्मक गतिविधिमा विद्यार्थीलाई संलग्न गराउँदै लैजाने प्रतिबद्धता जनाएको छ



प्रतिक्रिया दिनुहोस्