२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

अन्तरास्ट्रिय

आज प्रतिनिधिसभा बैठक बस्दै

९ महिना अगाडि

आज अपराह्न १ बजे प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको छ।

आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर हुने कार्यसूची छ। सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ मा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको कार्यतालिकामा रहेको छ।

आजको बैठकमा हुने छलफल र निर्णयलाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार