गोकर्णेश्वर लाइट एकेडेमीमा भर्ना खुल्यो: शिक्षा, सीप र समग्र विकासको उत्कृष्ट वातावरण

गोकर्णेश्वर लाइट एकेडेमी (GLA) गोकर्णेश्वर–४, माकलबारी, काठमाडौँमा अवस्थित, बागमती प्रदेशको उत्कृष्ट विद्यालयहरूमध्ये एक मानिन्छ। यस विद्यालयले एसइई २०८० मा ३ जना र २०८१ मा २ जना विद्यार्थीहरूलाई ४.०० GPA सहित बागमती प्रदेशका उत्कृष्ट ३ विद्यालयमा पर्न सफल बनाएको थियो। SEE 2081 मा ३ जना र SEE-2082 मा २ जना विद्यार्थी 4 GPA सहित सम्मानित भएका थिए। यस सफलता पछाडि विद्यालयको गुणस्तरीय शिक्षा प्रणाली, विद्यार्थी केन्द्रित पठनपाठन, र अभिभावकसँगको सशक्त समन्वय प्रमुख कारण हुन्।
विद्यालयले प्लेग्रुपदेखि कक्षा ३ सम्म मन्टेसरी पद्धति अपनाएको छ, जसले बालबालिकालाई सिकाइमा सक्रिय बनाउने र स्वाभाविक विकासमा सहयोग पुर्याउने काम गर्छ। कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ, जसले हरेक विद्यार्थीको शैक्षिक प्रगतिको सुनिश्चितता गर्दछ। विद्यार्थीहरूलाई नगर, जिल्ला तथा राष्ट्रिय स्तरका अतिरिक्त क्रियाकलापमा सहभागी गराइ उत्कृष्ट नतिजा ल्याउन प्रोत्साहित गरिन्छ। यहाँ बालमैत्री र शान्त वातावरणमा अध्ययन हुने भएकाले विद्यार्थीहरू मानसिक रूपमा सुरक्षित महसुस गर्छन्।

GLA मा आधुनिक कम्प्युटर, स्मार्टबोर्ड, विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न सभाहल, र डिजिटल प्रविधिमार्फत विद्यार्थीको दैनिक हाजिरी, गृहकार्य, शैक्षिक तथा व्यवहारिक प्रगति विवरण अभिभावकको मोबाइलमा पठाइने व्यवस्था छ। स्वस्थ र व्यवस्थित क्यान्टिन सेवासहित पोषणयुक्त खाजा र खाना, चित्रकला, हस्तलेखन, वाककला (Public Speaking), भाषा र साहित्य कक्षा सञ्चालन गरिन्छ। विद्यालयका अनुभवी शिक्षक-शिक्षिकाद्वारा विद्यार्थी केन्द्रित शिक्षण, नियमित मूल्याङ्कन, परामर्श कक्षा, अनुशासन र नैतिक शिक्षामा विशेष जोड दिइन्छ। यसले विद्यार्थीहरूको आत्मअनुशासन, नेतृत्व विकास र संस्कारयुक्त व्यक्तित्व निर्माणमा सहयोग पुर्याउँछ।
विद्यालयले शैक्षिक विकासका अतिरिक्त मार्शल आर्ट्स, योगा, सङ्गीत, नृत्य, फुटबल, अबाकस, भलिबल, बास्केटबल, चाइनिज भाषा जस्ता विविध कक्षाको व्यवस्था गरेको छ। विद्यार्थीहरूका लागि वार्षिक ७५ हजारसम्मको निःशुल्क दुर्घटना बीमा, डे-बोर्डर्स सुविधा र टाढाबाट आउने विद्यार्थीहरूको लागि यातायातको व्यवस्थासमेत उपलब्ध छ। आधारभूत तहको परीक्षामा नगरकै उत्कृष्ट नतिजा ल्याउने GLA ले अभिभावक-विद्यालय समन्वयलाई पनि सशक्त बनाउँदै नियमित अभिभावक बैठक, विद्यार्थीको समग्र विकासमा सहकार्य र गुणस्तरीय शिक्षा सुनिश्चित गरेको छ। यसरी GLA बागमती प्रदेशमा गुणस्तरीय शिक्षा, सीप विकास र समग्र विद्यार्थी प्रगतिको लागि उत्कृष्ट विकल्प बन्न सफल भएको छ।




प्रतिक्रिया दिनुहोस्