२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

शिक्षा

सुरेश श्रेष्ठ सर्वसम्मत निर्विरोध काठमाडौं जिल्ला संयोजक निर्वाचित

९ महिना अगाडि

काठमाडौँ जिल्ला संयोजकमा सुरेश श्रेष्ठ सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको काठमाडौं जिल्ला समितिको सातौँ महाधिवेशनबाट जिल्ला संयोजक पदमा सुरेश श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्।

सुरेश श्रेष्ठ उत्तरपूर्वी भेगीय समन्वय समितिका सचिव तथा आमा याङ्ररि हेल्मो यातायात प्रा.लि.का सञ्चालक सदस्य हुन्। मिलनसार र व्यावसायिक अनुभवसम्पन्न सुरेश श्रेष्ठले आगामी दिनमा काठमाडौं जिल्लाभरि यातायात व्यवसायीहरूको हित र क्षेत्रको सुदृढीकरणका लागि पूर्ण प्रतिबद्धता र सक्रिय नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

काठमाडौं जिल्लाभित्रका सम्पूर्ण यातायात व्यवसायी प्रतिनिधि, महासंघको केन्द्रीय समिति, अग्रज नेताहरु तथा विभिन्न संघ–संगठनमा आवद्ध पदाधिकारीहरुको सर्वसम्मत समर्थनले श्रेष्ठलाई नेतृत्व सुम्पिएको हो।

निर्वाचनपछि संयोजक सुरेश श्रेष्ठले भने, “काठमाडौं जिल्ला भित्रका सम्पूर्ण यातायात व्यवसायी साथीहरु, महासंघका केन्द्रिय समिति, अग्रज नेताज्यूहरु तथा विशेषगरी काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगलाई कार्यक्षेत्र बनाई काम गर्दै आउनु भएका उत्तरपूर्वी भेगीय यातायात समन्वय समितिका सम्पूर्ण संघ–संस्था तथा अग्रज नेताहरुप्रति विशेष धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा म र मेरो टिमले सबैसँग सहकार्य गर्दै यातायात व्यवसायीहरुको हकहित र क्षेत्रको समृद्धिका लागि निरन्तर काम गर्नेछौं।”

सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले व्यवसायिक सुधार, सुविधा विस्तार र समन्वय सुदृढीकरणमा जोड दिने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार