किवानीज नेपाल उपजिल्ला गभर्नर २०२५–२०२६ का लागि सिताराम विष्टको उम्मेदवारी

१३ भदौ, काठमाडौं ।
किवानीज नेपालमा नयाँ नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ। आगामी अगस्ट ३०, २०२५ मा हुने ७औं जिल्ला अधिवेशन नजिकिँदै गर्दा उपजिल्ला गभर्नर पदका लागि प्रतिस्पर्धा चर्किएको छ। यस पदमा दुई अनुभवी र सेवामुखी उम्मेदवार—वर्तमान उपजिल्ला गभर्नर सिताराम विष्ट र वरिष्ठ सदस्य भरत प्रसाद ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।
सीताराम विष्ट लामो समयदेखि बाल अधिकार र समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। किवानीज नेपाल भित्र “सानो मुस्कान, ठूलो प्रभाव” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै उनले बालबालिकाको अधिकार, शिक्षा र स्वास्थ्य सुधारमा निरन्तर काम गर्दै आएका छन्।
विगतदेखि नै सामाजिक सेवा र संस्थागत नेतृत्वमा सक्रिय रहेका विष्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै विभिन्न चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। तीमध्ये प्रमुख एजेण्डा यसप्रकार छन् :
गरीब तथा विपन्न बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानीको वातावरण निर्माण गर्ने,
किवानीज बाल उद्यान केन्द्र निर्माण गर्ने,
जिल्ला कार्यालय निर्माण सम्पन्न गर्ने,
संस्थागत पारदर्शिता र दिगो नेतृत्वको प्रणाली बसाल्ने,
आपतकालीन उद्धार केन्द्र स्थापना गर्ने,
सामाजिक क्षेत्रमा दीर्घकालीन कार्यक्रम विकास गर्ने,
किवानी क्लबहरूलाई सशक्त र एकताबद्ध बनाउने।
बाल अधिकारका दृढ संरक्षकका रूपमा चिनिएका विष्टले यस अधिवेशनमा आफूलाई पुनः गभर्नरका रूपमा निर्वाचित गर्न आग्रह गर्दै, “सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ” भन्ने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्