२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

अर्थतन्त्र

नेपाल शेर्पा संघको नव-निर्वाचित नेतृत्व सम्मानित गरिने

१२ महिना अगाडि

नेपाल शेर्पा संघको नव-निर्वाचित नेतृत्व सम्मानित गरिने

काठमाडौं, असार ३ — नेपाल शेर्पा संघको सातौं केन्द्रीय महाधिवेशनबाट हालै निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विशेष सम्मान प्रदान गरिने भएको छ।

सम्मान कार्यक्रम आगामी असार ६ गते, शुक्रबारका दिन आयोजना गरिनेछ। सिन्धुपाल्चोक शेर्पा समाज भवन (गुम्बा), गोकर्णेश्वर नगरपालिका–६, बुद्धचोक, जोरपाटीमा दिउँसो २ बजे सुरु हुने उक्त कार्यक्रममा संघका नव निर्वाचित नेतृत्वलाई विधिवत रूपमा सम्मान गरिने आयोजकले जनाएका छन्।

नेपाल शेर्पा संघको सातौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संघको भावी दिशा निर्धारण गर्ने आधार तयार गरेको छ। संघको नव-निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई समाजभित्र सकारात्मक ऊर्जा प्रदान गर्न तथा एकताको सन्देश फैलाउन सम्मान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा शेर्पा समुदायका अग्रज, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। शेर्पा समुदायको सामाजिक, सांस्कृतिक र संस्थागत एकता सुदृढ गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

कार्यक्रममा सबैलाई “थुजिछे” भनिँदै उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार