२०८३ असार २ मंगलवार
नेपाली समय

रिलायन्स पब्लिकका विद्यार्थीले देखाए विश्वस्तरीय क्षमता, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चम्कियो

१ हप्ता अगाडि

विश्व मञ्चमा रिलायन्स पब्लिकको गर्जन : कोडेभर ७.० मा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता

Advertisement 1

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाएको रिलायन्स पब्लिक स्कुलका विद्यार्थीहरू सम्मानित भएका छन्। निमा एजुकेसन फाउन्डेसनद्वारा आयोजित विशेष कार्यक्रममा विश्व मञ्चमा आफ्नो प्रतिभा स्थापित गर्न सफल विद्यार्थीहरूको उपलब्धिको उच्च सम्मान गरिएको हो।
इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा विश्वका ७० भन्दा बढी देशका हजारौं प्रतिस्पर्धीबीच रिलायन्स पब्लिक स्कुलका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका थिए। विद्यार्थीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि तथा औषधि व्यवस्थापनजस्ता सामाजिक समस्याको समाधान खोज्ने प्रविधिमैत्री परियोजनाहरू प्रस्तुत गर्दै निर्णायकहरूको प्रशंसा बटुलेका थिए।


रिलायन्स पब्लिक स्कुलले शैक्षिक उत्कृष्टतासँगै प्रविधि, नवप्रवर्तन र सिर्जनशील सोचलाई प्राथमिकता दिँदै आएको छ। कोडेभर ७.० मा प्राप्त सफलताले विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता र विद्यार्थीहरूको अथक मेहनतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ। विद्यालयका विद्यार्थीहरूले हासिल गरेको यो उपलब्धि केवल रिलायन्सको मात्र नभई सम्पूर्ण नेपालको गौरवको विषय बनेको छ।
विश्वस्तरीय प्रतिस्पर्धामा रिलायन्सका विद्यार्थीहरूले देखाएको क्षमता र आत्मविश्वासले आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय उपलब्धिहरू हासिल गर्ने विश्वास बढाएको छ। प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नेपाली विद्यार्थीहरू विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश रिलायन्सका यी प्रतिभाशाली विद्यार्थीहरूले पुनः स्थापित गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार