२०८३ असार २ मंगलवार
नेपाली समय

पाकिस्तान दूतावासद्वारा आयोजित राष्ट्रिय वक्तृत्व प्रतियोगितामा रिलायन्स कलेज प्रथम

४ हप्ता अगाडि

पाकिस्तान दूतावासद्वारा आयोजित प्रतिष्ठित प्रतियोगितामा रिलायन्स कलेजको ऐतिहासिक सफलता

Advertisement 1


काठमाडौं । विद्यार्थीहरूको क्षमता, नेतृत्व, बौद्धिक विकास तथा अभिव्यक्ति कलालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको Reliance College ले फेरि एकपटक राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट पहिचान स्थापित गरेको छ।
एम्बेसडर अफ पाकिस्तानद्वारा आयोजित प्रतिष्ठित 9th Annual Speech Competition 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा Bishwakala Nepal ले प्रथम स्थान हासिल गर्दै कलेजलाई ऐतिहासिक सफलता दिलाएकी छन्।
“Will AI Engulf Libraries?” शीर्षकमा सम्पन्न उक्त प्रतियोगितामा नेपालभरिका सयौं विद्यार्थीमध्येबाट छनोट भएका अन्तिम १५ प्रतियोगीहरूले प्रत्यक्ष प्रस्तुति दिएका थिए। प्रतियोगितामा St. Xavier’s College, KMC, Rato Bangala School, VS Niketan लगायत प्रतिष्ठित शैक्षिक संस्थाका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कडा प्रतिस्पर्धाबीच रिलायन्स कलेजकी छात्रा विश्वकला नेपालले आफ्नो तार्किक प्रस्तुति, प्रभावशाली वक्तृत्व कला तथा आत्मविश्वासपूर्ण अभिव्यक्तिमार्फत निर्णायकहरूको मन जित्दै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्। उनले नगद ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन्।


यस उपलब्धिलाई रिलायन्स कलेजले आफ्ना विद्यार्थीहरूमा सिर्जनात्मक सोच, अनुसन्धानमूलक अध्ययन, सार्वजनिक प्रस्तुति क्षमता तथा समसामयिक विषयमा गहिरो बुझाइ विकास गराउने शैक्षिक अभ्यासको प्रतिफलका रूपमा लिएको छ।
राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतिस्पर्धामा प्राप्त यो सफलताले रिलायन्स कलेजको शैक्षिक उत्कृष्टता, विद्यार्थीमैत्री वातावरण तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई अझ मजबुत रूपमा स्थापित गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार