२०८३ असार ५ शुक्रबार
नेपाली समय

शतप्रतिशत नतिजाको गौरव: मेलम्ची कम्युनिटी विद्यालयलाई नगरपालिकाको विशेष सम्मान

३ दिन अगाडि

शतप्रतिशत नतिजासँगै मेलम्ची कम्युनिटी विद्यालय र विद्यार्थी नगरपालिकाबाट सम्मानित

Advertisement 1


मेलम्ची, असार २ — माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेको मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्ग्लिस स्कुल तथा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मेलम्ची नगरपालिकाले विशेष सम्मान गरेको छ।


नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा SEE २०८२ मा ४.० GPA प्राप्त गरी नेपालकै उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल छात्रा रिनिशा थापालाई नगद रु. २५ हजार र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो।


त्यसैगरी SEE परीक्षामा ३.७४ GPA भन्दा माथि अंक प्राप्त गर्न सफल विद्यार्थीहरू मनिता धिताल, आयुषी श्रेष्ठ, विनिता श्रेष्ठ, सुशन दुलाल र श्वेता दुलाललाई जनही रु. ५ हजार नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
विद्यार्थीहरूको व्यक्तिगत सफलतासँगै आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) र SEE दुवैमा शतप्रतिशत नतिजा हासिल गराएको योगदानका लागि मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्ग्लिस स्कुललाई पनि विशेष प्रशंसा–पत्र प्रदान गरिएको थियो।

Advertisement 3


सम्मान कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरूले विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै यसले मेलम्ची नगरको शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको बताएका थिए। विद्यालय प्रशासनले यो सफलता विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको उल्लेख गरेको छ।


विद्यालयले प्राप्त गरेको यो सम्मानलाई मेलम्चीको शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। विद्यालय परिवारले आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक नतिजा र गुणस्तरीय शिक्षामार्फत थप सफलता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार