२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

उत्कृष्ट नतिजासँगै रिलायन्स पब्लिक स्कुलद्वारा SEE विद्यार्थीको सम्मान र बिदाइ कार्यक्रम सम्पन्न

१ हप्ता अगाडि

SEE 2082 मा रिलायन्स पब्लिक स्कुलको गौरवपूर्ण सफलता : ३ विद्यार्थीले ल्याए ४.० GPA, भव्य सम्मान तथा बिदाइ सम्पन्न

Advertisement 1

काठमाडौं । गुणस्तरीय, प्रविधिमैत्री तथा आधुनिक शिक्षाका माध्यमबाट उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै आएको रिलायन्स पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) ब्याच २०८२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै भावपूर्ण बिदाइ गरिएको थियो ।यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी ५५ जना विद्यार्थीमध्ये ३ जनाले ४.० जीपीए ल्याएर विद्यालयको शैक्षिक गौरवलाई थप उचाइमा पुर्‍याएका छन् भने अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । विद्यालयले यस उपलब्धिलाई विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथ–सहयोगको परिणाम भएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले रिलायन्स पब्लिक स्कुलले गुणस्तरीय शिक्षा, अनुशासन र आधुनिक शिक्षण प्रणालीमार्फत शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले एसईई उत्तीर्ण विद्यार्थीहरू अब जीवनको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अझ जिम्मेवार, आत्मविश्वासी र लक्ष्यप्रति स्पष्ट भएर अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “आजको सफलता केवल एउटा नतिजा मात्र होइन, यो विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकको त्याग र शिक्षकहरूको समर्पणको प्रतिफल हो । अब विद्यार्थीहरूले समयको मूल्य बुझेर आफूलाई अझ सक्षम र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्छ । शिक्षा केवल राम्रो अंक ल्याउने माध्यम होइन, यसले असल सोच, चरित्र र जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ ।”कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले रिलायन्स एजुकेसन नेटवर्कले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये आफ्नो पहिचान स्थापित गरिरहेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली, दक्ष शिक्षक, अनुशासित वातावरण तथा व्यवहारिक शिक्षाका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरूलाई भविष्यका जिम्मेवार नागरिकका रूपमा तयार पार्नु नै विद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी, व्यवहारिक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षामा विद्यालय केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विद्यार्थीको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” भन्दै उहाँले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक बसन्त लामिछानेले विद्यालयले प्राप्त गरेको सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नभएको स्पष्ट पार्दै सम्पूर्ण विद्यालय परिवार, विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको सामूहिक मेहनत र विश्वासको परिणाम भएको बताउनुभयो । उहाँले आगामी दिनमा यसभन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र नैतिक शिक्षामा समेत विशेष ध्यान दिँदै आएको जानकारी दिनुभयो ।कार्यक्रममा ४.० जीपीए ल्याउन सफल विद्यार्थीहरूलाई नगद १० हजार रुपैयाँसहित मायाको चिनो प्रदान गरी विशेष सम्मान गरिएको थियो । साथै अन्य विद्यार्थीहरूलाई खादा तथा मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूसँगै उनीहरूका अभिभावकलाई पनि सम्मान गरिएको थियो, जसले कार्यक्रमलाई थप भावनात्मक र प्रेरणादायी बनाएको थियो ।कार्यक्रमको अर्को विशेष आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेका थिए ।

Advertisement 3

विद्यार्थीहरूको आकर्षक गायन, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमस्थललाई उत्साहमय बनाएको थियो । भावुक बिदाइका क्षण, साथीहरूसँगका सम्झना, शिक्षकप्रतिको सम्मान र भविष्यप्रतिको उत्साहले कार्यक्रमलाई अत्यन्त स्मरणीय बनाएको सहभागीहरूले बताएका थिए ।विद्यालयले आधुनिक तथा पूर्ण डिजिटल शिक्षण प्रणालीमार्फत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ । कार्यक्रममा सहभागी अभिभावकहरूले पनि विद्यालयको शैक्षिक स्तर, अनुशासन तथा विद्यार्थीप्रतिको जिम्मेवारीको खुलेर प्रशंसा गरेका थिए ।
Tittles

धेरै पढिएको

सम्बन्धित समाचार