२०८३ असार २ मंगलवार
नेपाली समय

SEE Batch 2082 मा आकाशदीप स्कुलको ऐतिहासिक सफलता : 4.0 GPA ल्याउने दुई विद्यार्थीसहित विद्यालय र प्रिन्सिपल नगरपालिकाद्वारा सम्मानित

३ हप्ता अगाडि

SEE Batch 2082 मा आकाशदीप स्कुलको गौरवपूर्ण सफलता : 4.0 GPA ल्याउने दुई विद्यार्थी, प्रिन्सिपल र विद्यालयलाई गोकर्णेश्वर नगरपालिकाको विशेष सम्मान

Advertisement 1


काठमाडौं । SEE Batch 2082 मा उत्कृष्ट नतिजा हासिल गर्दै 4.0 GPA प्राप्त गर्न सफल आकाशदीप स्कुलका दुई जना विद्यार्थी, विद्यालय तथा कलेजका प्रिन्सिपल मदन सुवेदीलाई गोकर्णेश्वर नगरपालिकाले विशेष सम्मान गरेको छ। शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै नगरपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गरी विद्यार्थी तथा विद्यालय परिवारलाई सम्मान प्रदान गरेको हो।


यस वर्ष विद्यालयबाट SEE परीक्षामा सहभागी कुल ५० जना विद्यार्थीमध्ये सुजल बलमपाकी र रिदय बास्ताकोटीले 4.0 GPA हासिल गर्दै विद्यालयको शैक्षिक प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएका हुन्। त्यसैगरी बाँकी ४८ जना विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको समग्र शैक्षिक स्तरलाई प्रमाणित गरेका छन्।
नगरपालिकाद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा 4.0 GPA ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो भने आकाशदीप स्कुललाई उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै सम्मान प्रदान गरिएको थियो। साथै विद्यालयलाई सफल नेतृत्व प्रदान गरेको भन्दै कलेजका प्रिन्सिपल मदन सुवेदीलाई पनि विशेष सम्मान गरिएको कार्यक्रममा जानकारी दिइयो।


कार्यक्रममा बोल्दै विद्यालय प्रशासनले विद्यार्थीहरूको अथक मेहनत, शिक्षक–शिक्षिकाहरूको समर्पण, अभिभावकहरूको विश्वास तथा विद्यालयको अनुशासित र गुणस्तरीय शैक्षिक वातावरणका कारण यस्तो सफलता सम्भव भएको जनाएको छ। आगामी दिनमा अझ उत्कृष्ट, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित शिक्षामार्फत थप उपलब्धि हासिल गर्ने प्रतिबद्धतासमेत विद्यालयले व्यक्त गरेको छ।
विद्यालय परिवारले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षक–शिक्षिकाहरूको योगदान तथा अभिभावकहरूको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालयको उपलब्धिलाई उच्च मूल्यांकन गरी सम्मान प्रदान गरेकोमा गोकर्णेश्वर नगरपालिकाप्रति विशेष आभार प्रकट गरेको छ।


कक्षा ११ मा भर्ना खुला
यसैबीच, आकाशदीप कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा भर्ना खुला गरेको जनाएको छ। अनुभवी शिक्षक टोली, आधुनिक शिक्षण प्रणाली, अनुशासित वातावरण तथा उत्कृष्ट शैक्षिक नतिजासहित विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणतर्फ केन्द्रित विद्यालयले इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार