काठमाडौंमा ‘सार्क एजुकेशन कन्क्लेभ एण्ड अवार्ड सेरेमनी–२०२५’ सम्पन्न, लक्ष्मण घिमिरे [Education Entrepreneur of the Year–2025] बाट सम्मानित
काठमाडौं, भदौ १३

सार्क मुलुकबीच शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु-याउँदै आएका बिशिष्ट शैक्षिक व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले राजधानी काठमाडौंमा ‘SAARC Education Conclave & Award Ceremony–2025’ भव्य रुपमा सम्पन्न भएको छ। शिक्षालय नेपाल परिवारको आयोजना तथा विभिन्न शैक्षिक संघसंस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशलगायत मुलुकका ख्यातिप्राप्त शिक्षाविद्हरु सम्मानित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री झलनाथ खनाल र विशेष अतिथि वरिष्ठ शिक्षाविद् विध्यानाथ कोईरालाले शिक्षा क्षेत्रमा गुणस्तर, नवप्रवर्तन र सहकार्यलाई समयानुकूल अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शैक्षिक सुधारका अभियानमा संलग्न व्यक्तित्व र संस्थाको योगदानलाई कदर गर्दै यस्तो पहलले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रकै शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस अवसरमा नेपालका तर्फबाट कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरेलाई [Education Entrepreneur of the Year–2025] पुरस्कार प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै घिमिरेले भने,
“सार्कस्तरमै मेरो योगदानलाई यसरी कदर गरिनु मेरो लागि ठूलो गर्वको विषय हो। यो पुरस्कार केवल मेरो व्यक्तिगत हैसियतको मात्र होइन, सम्पूर्ण शिक्षा परिवार, विद्यार्थी, अभिभावक तथा सहकर्मी शिक्षकहरुको पनि हो। यसले मलाई अझै जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरित गरेको छ।”
त्यस्तै, नेपालका अन्य प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरू पनि विशेष अवार्डबाट सम्मानित भए। ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जल्स स्कुलका प्रिन्सिपल, जेम्स स्कुल धापाखेलका निर्देशक राजेश खड्का, काठमाडौं वर्ड स्कुलका निर्देशक लगायतका शिक्षाविद्हरुलाई विशेष अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय शिक्षाविद्हरुले अनुभव आदान–प्रदान गर्दै शिक्षा क्षेत्रमा अनुसन्धान, प्रविधि र नीति सुधारमा सार्क मुलुकबीच सहकार्य विस्तार गर्न कन्क्लेभ महत्त्वपूर्ण हुने धारणा राखे।




प्रतिक्रिया दिनुहोस्