नेपाल शेर्पा संघको चुनाव भोलि: कोषाध्यक्ष पदमा युवा नेता तथा सफल व्यावसायि आङदोर्जे शेर्पाको उम्मेदवारी

काठमाडौं, असार १ — नेपाल शेर्पा संघको ७औं महाधिवेशन अन्तर्गत भोलि (असार २ गते) केन्द्रीय नेतृत्व चयनका लागि चुनाव हुँदैछ। संघको कोषाध्यक्ष पदका लागि हाल संघका केन्द्रीय सदस्यसमेत रहेका आङदोर्जे शेर्पाले उम्मेदवारी दिएका छन्।
शेर्पा समुदायको हकहितको संरक्षण, संस्थाको वित्तीय पारदर्शिता र दिगो आर्थिक प्रणाली निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्। उनले भने, “संघ आर्थिक रुपमा सक्षम, पारदर्शी र उत्तरदायी हुन जरुरी छ। यसका लागि म सक्षम व्यवस्थापन प्रणालीमार्फत कार्य गर्न तयार छु।”
अर्जुन देखी आजसम्म: अनुभव र योगदान
आङदोर्जे शेर्पा लामो समयदेखि शेर्पा समुदायका सामाजिक, शैक्षिक तथा संस्थागत गतिविधिमा सक्रिय छन्। नेपाल शेर्पा संघमा केन्द्रिय सदस्यको रूपमा कार्यरत रहँदै उनले विभिन्न आर्थिक योजना र बजेट निर्माणमा सशक्त भूमिका खेलेका थिए। संघभित्र कोष व्यवस्थापन प्रणाली सुधार गर्न, नियमित अडिट प्रणाली लागू गर्न र दातृ निकायहरूसँग पारदर्शी सहकार्य गर्न उनले अघिल्लो कार्यकालमा समेत पहल गरेका थिए।
साथै, उनी शेर्पा नेपाल हिमालय सिमापार वाणिज्य संघका केन्द्रीय सचिव पनि हुन्। सो पदमा रहँदा उनले हिमाली क्षेत्रका व्यापारी, व्यवसायी तथा मजदुर वर्गका समस्या सम्बोधन गर्न अग्रसरता देखाएका छन्। सीमापार व्यापार सशक्तिकरण, सरकारसँग नीति संवाद तथा हिमाली अर्थतन्त्र प्रवर्धनमा उनले उल्लेखनीय काम गरेका छन्। वित्तीय व्यवस्थापनदेखि कार्यक्रम सञ्चालनसम्ममा देखिएको उनको सक्रियता समुदायले बुझेको छ।
भावी योजना र प्रतिबद्धता
कोषाध्यक्षमा निर्वाचित भएमा उनले निम्न प्रमुख कार्ययोजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्:
वित्तीय पारदर्शिता सुनिश्चितता: सबै आर्थिक क्रियाकलापहरू सार्वजनिक गरिने र नियमित अडिट प्रणाली लागू गरिनेछ।
दिगो कोष व्यवस्थापन: संघका क्रियाकलाप संचालनका लागि स्थायी कोष स्थापना गरी त्यसको व्यावसायिक व्यवस्थापन गरिनेछ।
शेर्पा समुदायका युवाहरूको सशक्तिकरण: युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न विशेष बजेट छुट्याइनेछ।
दातृ निकायहरूसँग साझेदारी: अन्तर्राष्ट्रिय एवम् स्थानीय दातृ संस्थाहरूसँग सहकार्य विस्तार गरी स्रोत जुटाउने कामलाई प्राथमिकता दिइनेछ।
आर्थिक सुशासन प्रवर्धन: संघका सम्पूर्ण आर्थिक निर्णयहरू नीति, प्रक्रिया र जनउत्तरदायीताको आधारमा सञ्चालन गरिनेछ।
शेर्पा समुदायको साथ र समर्थनको अपेक्षा
“यो केवल पदको विषय होइन, यो शेर्पा समुदायको सेवा गर्ने अवसर हो,” उनले भने, “संस्थालाई सक्षम, पारदर्शी र उत्तरदायी बनाउन म प्रतिबद्ध छु र तपाईँहरूको साथ र समर्थनको अपेक्षा गर्दछु।” शेर्पाले भने ।



प्रतिक्रिया दिनुहोस्