२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

शिक्षा

गृहमन्त्री लेखक माथि चौतर्फी दबाब, राजीनामा सम्भावना बलियो

१ वर्ष अगाडि

गृहमन्त्री लेखकको राजीनामा सम्भावना बलियो
भिजिट भिसा प्रकरणमा चर्किएको दबाबपछि कांग्रेसभित्र छलफल

काठमाडौं — भिजिट भिसा दुरुपयोग प्रकरणमा चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनसक्ने सम्भावना बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा छापा मारेर लाखौं रकमको भिसा असुलीमा गृह मन्त्रालयका अधिकारीहरू र गृहमन्त्रीको सचिवालयका सदस्यहरूको संलग्नता भेटाएको थियो।

यसपछि गृहमन्त्री लेखकमाथि न केवल प्रतिपक्ष, तर सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट पनि तीव्र आलोचना भइरहेको छ। कांग्रेस नेताहरू शेखर कोइराला र सुनील शर्माले सार्वजनिक रूपमा राजीनामाको माग गरिसकेका छन्।

गृहमन्त्री लेखकले भने आफू निर्दोष रहेको दाबी गर्दै, जेठ १३ गते संसद्मा आफ्नो पक्ष राख्ने तयारी भइरहेको बताएका छन्। आइतबार साँझ उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्दै आफू निर्दोष रहेको स्पष्ट पारेका थिए।

तर, स्रोतका अनुसार दुवै नेताले उनलाई अहिलेको परिस्थितिमा समर्थन गर्न गाह्रो हुने जवाफ दिएका छन्। कांग्रेस सभापति देउवाले सोमबार बिहान पार्टी पदाधिकारी बैठक बोलाएका छन्, जहाँ लेखकले राजीनामा पेश गर्नसक्ने जनाइएको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार