गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु राष्ट्रिय लोकनृत्य प्रतियोगितामा उत्कृष्ट

काठमाडौंँ ।गोकर्णेश्वर नपा।
“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नारासहित नेपाल लोक नृत्य सेन्टर द्वारा आयोजित राष्ट्रिय स्तरको एकल नृत्य प्रतियोगिता “नृत्य नेपाली पारा–२०८२/०८३” मा गोकर्णेश्वर लाइट एकेडेमी का छात्राहरुले उत्कृष्ट सफलता हासिल गरेका छन्।
प्रतियोगितामा विद्यालयकी छात्रा आशा लामाले उत्कृष्ट प्रस्तुति दिँदै पाँचौँ स्थान हासिल गर्न सफल भएकी छन् भने अर्की छात्रा बिपना रामदम ले नवौँ स्थान प्राप्त गरेकी छन्।
विजेता छात्राहरुलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालय तथा सांस्कृतिक संस्थाका प्रतिभावान विद्यार्थीहरुको सहभागिता रहेको थियो।
गोकर्णेश्वर लाइट एकेडेमी परिवारले छात्राहरुको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएको छ। विद्यालयका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा नेपाली कला, संस्कृति तथा परम्पराप्रति सम्मान र आत्मविश्वास बढाउने विश्वास लिइएको छ।
कार्यक्रममा उपस्थित अतिथि, आयोजक तथा अभिभावकहरुले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा युवा पुस्ताको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस्