२ विद्यार्थीको ४.०० GPA सहित द सेलिब्रेसन को–एड कलेजको ऐतिहासिक सफलता
Advertisement 1

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा द सेलिब्रेसन को–एड कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजका दुई विद्यार्थी शीतल पुडासैनी र युनिक श्रेष्ठले ४.०० जीपीए प्राप्त गर्दै संस्थाको शैक्षिक इतिहासमा गौरवपूर्ण सफलता दिलाएका हुन्।
कलेजले सार्वजनिक गरेको नतिजाअनुसार ४.०० जीपीए ल्याउने २ विद्यार्थी रहेका छन् भने ३.६० देखि ३.९९ जीपीएसम्म ५१ विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्यसैगरी ३.२० देखि ३.५९ जीपीए ल्याउने १७ विद्यार्थी तथा २.९८ देखि ३.१९ जीपीए ल्याउने ४ विद्यार्थी रहेका छन्।
Advertisement 2

कलेज प्रशासनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको निरन्तर सहयोगका कारण यस्तो उपलब्धि सम्भव भएको जनाएको छ। संस्थाले यस सफलताले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको उल्लेख गरेको छ।

कलेजले SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै अबको नयाँ शैक्षिक यात्रालाई आत्मविश्वास, लक्ष्य र सफलतासँग अघि बढाउन आग्रह गरेको छ।
द सेलिब्रेसन को–एड कलेजले +२ तहमा विज्ञान, व्यवस्थापन तथा अन्य शैक्षिक कार्यक्रममार्फत विद्यार्थीलाई आधुनिक, प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्