बाल संसार माध्यमिक विद्यालयको ऐतिहासिक सफलता
Advertisement 1

SEE 2082 मा चम्कियो बाल संसार, ५ विद्यार्थीले ल्याए ४ GPA
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) 2082 मा बाल संसार माध्यमिक विद्यालयले उत्कृष्ट तथा ऐतिहासिक नतिजा हासिल गरेको छ। विद्यालयका ३९ जना विद्यार्थी सहभागी रहेको परीक्षामा ५ जना विद्यार्थीले ४ GPA ल्याउँदै विद्यालयलाई गौरवान्वित बनाएका छन्।
विद्यालयका अनुसार २९ जना विद्यार्थीले A+ ग्रेड, ७ जनाले A ग्रेड तथा ३ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। समग्र नतिजाले विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर मेहनतलाई पुनः प्रमाणित गरेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रिन्सिपल तेज राई ले यस सफलताले सम्पूर्ण विद्यालय परिवारलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो,
“विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै परिणामस्वरूप यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको हो। आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीको भविष्य उज्यालो बनाउन विद्यालय प्रतिबद्ध रहनेछ।”
त्यस्तै विद्यालयका निर्देशक टेन्डि शेर्पा ले SEE 2082 को नतिजा विद्यालयको निरन्तर शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“बाल संसारले केवल नतिजामात्र होइन, सक्षम, अनुशासित र आत्मविश्वासी विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ। यस सफलताले सम्पूर्ण विद्यार्थी र शिक्षक टिमको मेहनतलाई सम्मान गरेको छ।”
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्