२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

गोकर्णेश्वर लाइट एकेडेमीमा खेलकुद सप्ताह सफलतापूर्वक सम्पन्न

५ महिना अगाडि

गोकर्णेश्वर लाइट एकेडेमीमा खेलकुद सप्ताह सफलतापूर्वक सम्पन्न

Advertisement 1

गोकर्णेश्वर लाइट एकेडेमीले आयोजना गरेको खेलकुद सप्ताह पुस २१ गतेदेखि पुस २५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका विभिन्न तहका विद्यार्थीहरूको सक्रिय सहभागितामा खेलकुद सप्ताह उत्साहपूर्ण वातावरणमा सम्पन्न गरिएको हो।
खेलकुद सप्ताहको पहिलो चरण अन्तर्गत PG देखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएका खेलकुद कार्यक्रमहरू यसअघि नै सम्पन्न भइसकेका थिए। दोस्रो चरणमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी विभिन्न खेल प्रतियोगिताहरू आज पुस २५ गते सम्पन्न भएका छन्।
कक्षा १० का विद्यार्थीहरू भने खेलकुद सप्ताह अवधिभर विभिन्न विषयगत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनुका साथै आजै पुस २५ गतेदेखि पाँच दिने शैक्षिक भ्रमणमा सहभागी भएको विद्यालय प्रिन्सिपल सौर्यनाथ आचार्यले जनाउनुभएको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राज घिमिरेका अनुसार खेलकुद सप्ताहले विद्यार्थीहरूको शारीरिक विकाससँगै अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँले खेलकुद कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै सबै तहका इन्चार्जहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।
खेलकुद सप्ताह अन्तर्गत सम्पन्न विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण भने विशेष समारोहकाबिच आयोजना गरिने विद्यालय कोअर्डिनेटर सन्जय खनालले जनाउनुभएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार