२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

खुल्ला लिग तेक्वान्दो २०८२ सफल बनाउन कागेश्वरी मनोहरा नगर समितिको अपिल

५ महिना अगाडि

पाँचौँ बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ (दोश्रो संस्करण)मा कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिको हार्दिक स्वागत

Advertisement 1


काठमाडौँ । खेलाडीको वरियता निर्धारण सहित आयोजना हुन गइरहेको पाँचौँ बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ (दोश्रो संस्करण) लाई कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिले हार्दिक स्वागत तथा सफलताको शुभकामना व्यक्त गरेको छ।
प्रदेशस्तरीय यो प्रतियोगिता तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगिताले नवप्रवेशी र अनुभवी खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा गराउँदै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतियोगिताले खेलाडीको वास्तविक क्षमता मूल्याङ्कन गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “खेलाडीको वरियता निर्धारण प्रणालीसहित आयोजना हुन लागेको यो प्रतियोगिता तेक्वान्दो खेलको गुणस्तर उकास्ने महत्वपूर्ण माध्यम हो। यसले खेलाडीलाई अनुशासन, मेहनत र प्रतिस्पर्धाको महत्व बुझाउन मद्दत गर्छ। हाम्रो समिति यस्ता खेलकुद गतिविधिमा सधैँ सहकार्य गर्न तयार छ।”
त्यस्तै, समितिका सचिव विश्वास अर्यालले प्रतियोगिताले बागमती प्रदेशमा तेक्वान्दो खेललाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
सचिव अर्यालले भन्नुभयो, “खुल्ला लिग प्रतियोगिताले खेलाडीलाई निरन्तर प्रतिस्पर्धामा राख्दै उनीहरूको प्राविधिक र मानसिक क्षमता अभिवृद्धि गर्छ। वरियता निर्धारण प्रणालीले खेलाडी छनोट प्रक्रियालाई पारदर्शी र न्यायोचित बनाउनेछ।”
उहाँले आयोजक संस्था, प्रशिक्षक, निर्णायक तथा स्वयंसेवकहरूको सामूहिक प्रयासबाट प्रतियोगिता भव्य र सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
समितिका उपाध्यक्ष सदिपजंग बस्नेत, सदस्यहरू दिपेश पौडेल, स्वरुपा राई, सुजता पराजुली र अमित तामाङले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गर्दै खेलाडीहरूलाई अनुशासन, खेलभावना र मर्यादालाई आत्मसात् गर्न आग्रह गरेका छन्।
कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिले आगामी दिनमा पनि यस्ता प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै तेक्वान्दो खेलको दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार