बागमती प्रदेश प्याब्सनको चौथो पूर्ण बैठक: नेतृत्व, नीति र सहकार्यमा जोड
Advertisement 1

Advertisement 2
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) बागमती प्रदेशको चौथो पूर्ण बैठक २०८२ मंसिर १९ र २० गते ललितपुरको रिजालडाँडा स्थित देउराली रिसोर्ट प्रालिमा सम्पन्न भएको छ। बैठकको संयोजन तथा समग्र व्यवस्थापन प्याब्सन ललितपुर जिल्ला कार्यसमितिको जिम्मेवारीमा भएको थियो।
PRIVATE & BOARDING SCHOOLS ORGANIZATION NEPAL (PABSON) BAGMATI PROVINCE EXECUTIVE COMMITTEE अन्तर्गत आयोजित यस बैठकमा बागमती प्रदेशभरीका विभिन्न निजी तथा आवासीय शैक्षिक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
Advertisement 3
बैठकलाई सम्बोधन गर्दै प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सन्जेलले निजी शैक्षिक क्षेत्रले भोगिरहेका बहुआयामिक चुनौतीहरू, अभिभावक–विद्यालय सम्बन्ध, शैक्षिक गुणस्तर वृद्धि र संस्थागत स्थायित्वका विषयमा गहिरो धारणा राखे। उनले निजी तथा आवासीय विद्यालय देशको शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै, “गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अझ दृढ हुँदै गएको छ,” भनेर जोड दिए।

यसै अवसरमा प्याब्सन ललितपुर जिल्ला कार्यसमितिको पहलमा अध्यक्ष सन्जेललाई विशेष सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। सम्मान कार्यक्रममार्फत अध्यक्ष सन्जेलको दीर्घ योगदान, प्रभावकारी नेतृत्व र निजी शिक्षा क्षेत्रप्रतिको समर्पणको कदर गरिएको थियो।
दुईदिने बैठकमा निजी तथा आवासीय विद्यालयहरूको व्यवस्थापन, नीतिगत सुधार आवश्यकताहरू, पाठ्यक्रम सुधार, विद्यार्थी–अभिभावक–विद्यालय त्रिपक्षीय सहकार्य तथा आगामी शैक्षिक वर्षका तयारी लगायतका विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ।
प्याब्सन बागमती प्रदेशको चौथो पूर्ण बैठकले संस्थागत शिक्षा क्षेत्रको सुदृढीकरण, एकीकृत नीति निर्माण र प्रदेशभरका निजी विद्यालयहरूबीच समन्वयलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बैठकमा सहभागीहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्