1st Inter-College Futsal Tournament 2082: Nightingale लाई 1–0 ले हराउँदै Adarsha Soul च्याम्पियन
Advertisement 1

काठमाडौं — अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न १st Inter-College Futsal Tournament 2082 आज सफलतापूर्वक समापन भएको छ। १६ वटा कलेजको सहभागिता रहेको यो प्रतिष्ठित अन्तर–कलेजिय प्रतियोगिताको फाइनलमा Adarsha Soul ले Nightingale College लाई 1–0 गोलले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो। सुरुबाटै दुवै टोलीले आक्रमक खेल प्रस्तुत गर्दा मैदानमा रोमाञ्चक क्षणहरू निरन्तर बने। पहिलो हाफ बराबरीमा टुंगिए पनि, दोस्रो हाफमा Adarsha Soul ले शानदार फिनिसिङ गर्दै निर्णायक गोल गर्न सफल भयो, जसले अन्ततः उपाधि उनकै पोल्टामा पारेको हो।
Advertisement 2

प्रतियोगिताभर निकै प्रभावशाली प्रदर्शन गरेका Nightingale College का Aryan Thapa ‘Best Player’ घोषित भए। थापाले खेल निर्माणमा, आक्रमण अगाडि बढाउन र टोलीलाई सम्हाल्न देखाएको क्षमताले दर्शक तथा निर्णायक दुवैलाई प्रभावित पारे। यता Adarsha Soul का Darshan Chettri ले ‘Best Goalkeeper’ को उपाधि हात पारे, जसमा फाइनलमा उनले गरेका शानदार बचतहरू निर्णायक सावित भए। दुवै खेलाडीको प्रदर्शनले आजको खेलको स्तरलाई अझै उचाइमा पुर्याएको थियो।
Advertisement 3

फाइनल खेलपछि Nightingale College की प्रिन्सिपल रञ्जना प्रधानले दुवै टोलीको खेलको प्रशंसा गर्दै टुर्नामेन्टको सफल आयोजनालाई ऐतिहासिक उपलब्धि भएको बताइन्। उनले भनिन्— “१६ वटा कलेजको सहभागितासहित सम्पन्न भएको यो प्रतियोगिताले विद्यार्थीको प्रतिभा, आत्मविश्वास र खेलभावनालाई उजागर गरेको छ। Nightingale र Adarsha Soul दुवैले अत्यन्त अनुशासित र आकर्षक खेल प्रस्तुत गरे। उपाधि जितेकोमा Adarsha Soul लाई हार्दिक बधाई, र Nightingale का हाम्रा खेलाडीहरूले देखाएको मेहनतले हामीलाई गर्व दिलाएको छ,” भन्नू भयो।

उनले थप भनिन्— “यस्ता प्रतियोगिताले कलेजबीचको समन्वय, खेलमैत्री सम्बन्ध र विद्यार्थी–स्तरको खेल प्रतिभालाई अझै बलियो बनाउँछ। आगामी वर्ष हामी यसलाई अझ ठूलो, व्यवस्थित र आकर्षक रूपमा सञ्चालन गर्नेछौँ।”
आयोजकले भनेका छन् कि पहिलो संस्करणमै १६ टोलीको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अत्यन्त सफल बनाएको छ। उनीहरूले आगामी संस्करणमा सहभागी टिमको संख्या थप बढाउँदै प्रतियोगितालाई अझ भव्य रूप दिन योजना बनाइरहेको जानकारी दिएका छन्। यो टुर्नामेन्टले अन्तर–कलेज खेलकुद प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याएको आयोजक समितिको निष्कर्ष छ।



प्रतिक्रिया दिनुहोस्