२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

देश संकटग्रस्त अवस्थामा, सचिवालय बैठक बोलाउन अरुण नेपालको आग्रह

८ महिना अगाडि

 

Advertisement 1

देशको असामान्य परिस्थितिबारे सचिवालय बैठक बोलाउन अरुण नेपालको आग्रह

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य अरुण नेपालले हाल देशमा उत्पन्न असामान्य परिस्थितिबारे पार्टीले तुरुन्त गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार अकल्पनीय घटनाहरुका कारण देशले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको छ। “धेरै मान्छेको ज्यान गएको छ, सम्पत्तिको अपूर्व क्षति भएको छ, सरकार र संसद दुबै बिघटन भएका छन्, नयाँ सरकार बनेको छ र स्थापित पार्टीहरुमाथि भयंकर आक्रमण भैरहेको छ,” उनले भने।

Advertisement 3

भविष्य अनिश्चिततामुखी रहेको उल्लेख गर्दै नेपालले यस्तो संवेदनशील घडीमा पार्टीले कम्तिमा पनि केन्द्रीय सचिवालयको बैठक बोलाएर परिस्थितिको बारेमा गम्भीर छलफल गर्नुपर्ने बताए।

“यस्तो विशिष्ट समयमा हाम्रो पार्टीले केन्द्रीय सचिवालय बैठक डाकेर नयाँ अवस्थाबारे एकीकृत धारणा बनाउन आवश्यक छ। त्यसका लागि नेतासाथीहरुलाई अनुरोध गर्दछु, कृपया यथाशीघ्र बैठकको आयोजना गर्नुहोस्,” नेपालले आग्रह गरे।

धेरै पढिएको

सम्बन्धित समाचार