२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

Gen Z आन्दोलनमा निधन भएकाप्रति PABSON को श्रद्धाञ्जली, असोज १ गते शोक विदा

९ महिना अगाडि

Gen Z आन्दोलनमा निधन भएकाप्रति PABSON को श्रद्धाञ्जली, असोज १ गते शोक विदा

Advertisement 1

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले हालैको Gen Z आन्दोलन का क्रममा विद्यार्थी, प्रहरी र सर्वसाधारणले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।

२०८२ भदौ २३ गतेको आन्दोलनमा भएको घटनाबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्याव्सनले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्याव्सनका महासचिव आर.बी. कटवालले भने, “विद्यार्थी, प्रहरी र सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको घटनाले सम्पूर्ण प्याव्सन परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ। दिवंगत सहिदहरूको योगदानलाई स्मरण गर्दै हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं र पीडित परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं।”

Advertisement 3

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ असोज १ गते (बुधबार) राष्ट्रिय शोक मनाइने भएकाले उक्त दिन सार्वजनिक बिदा घोषणा भएको जानकारी पनि प्याव्सनले गराएको छ। साथै, प्याव्सनले आफ्ना सम्पूर्ण समिति, जिल्ला तथा पालिका कार्यसमितिहरू र सदस्य विद्यालयहरूलाई शोक विदा कार्यान्वयन गर्न अनुरोध गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार