२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

विद्यालय शिक्षा विधेयकविरुद्ध उपत्यकामा निजी विद्यालयहरूको बस–याली

९ महिना अगाडि

विद्यालय शिक्षा विधेयकविरुद्ध उपत्यकामा निजी विद्यालयहरूको बस–याली

Advertisement 1

काठमाडौँ । विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा विद्यालय बससहितको र्‍याली गरेका छन् । समितिबाट संसदमा पेस गरिएको विधेयकका केही प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै विद्यालयहरुले विरोधस्वरूप बस–याली आयोजना गरेका हुन् ।

आन्दोलनकारी विद्यालयहरुले भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरूलाई कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने गरी रुट तोकिएको छ । त्यसैगरी, ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथतर्फ परिक्रमा गर्ने र चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू भने कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ ।

Advertisement 3

आन्दोलनरत निजी विद्यालयहरुले विधेयकका प्रावधान सच्याउन सरकारलाई दबाब दिन विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।

धेरै पढिएको

सम्बन्धित समाचार